Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

गौरा चौकमा यात्रु प्रतिक्षालय निर्माणले सर्वसाधारण खुशी

गौरा चौकमा यात्रु प्रतिक्षालय निर्माणले सर्वसाधारण खुशी

बोदे बरसाईन, २ भदौ । सप्तरीको बोदे बरसाईन–विसनपुर सडक खण्डमा आवत जावत गर्ने यात्रुहरुको समस्यालाई मध्यनजर गरी बोदे बरसाइन नगरपालिका–३ स्थित गौरा चौकमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ ।
प्रदेशसभा सदस्य अभिषेक यादवको संसदीय कोषको रकमबाट यात्रु प्रतिक्षालय निर्माण गरिएको हो । क्षेत्र नं.४ (क) बाट निर्वाचित यादवले कोषबाट ५ लाख रुपैयाँ उपलब्ध गराएपछि निर्माण भएको प्रतिक्षालयका कारण आसपासका सर्वसाधारणहरु खुशी भएका छन् ।
‘पहिले त विसनपुर हुँदै सदरमुकाम राजविराजसम्मको सवारी समाउन घण्टौ उभेर कुर्नुपर्ने बाध्यता थियो’ सोहि वडाका धर्मेन्द्रकुमार यादवले भने–‘अहिले प्रतिक्षालयको निर्माणसँगै सवारीको प्रतिक्षा गर्न सहजता भएको छ ।’ उनले यसअघि पनि यस क्षेत्रबाट सांसददेखि मन्त्रीसम्म रहदाँ समेत सर्वसाधारणको समस्यातर्फ कसैको ध्यान नपुगेको भन्दै प्रतिक्षालय निर्माणले आसपासका ५÷७ गाउँका सर्वसाधारण खुशी भएको बताए ।
सोही ठाउँका व्यवसायी रामा मण्डलले प्रतिक्षालय निर्माण भएसँगै आफुहरुले ओत लाग्ने ठाउँ पाएको बताए । ‘कतै सामान लिएर जानु पर्दा सवारी प्रतिक्षा गर्ने क्रममा वर्षा हुँदा सामान नै भिजेर बर्वाद हुन्थ्यो’ उनले भने–‘अब ओत लाग्ने ठाउँको रुपमा प्रतिक्षालय निर्माण भएकोले सामान भिजेर बर्वाद हुने चिन्ता हटेको छ ।’ वडा नम्वर ३ कै युवा नेता पप्पु यादवले अझै पनि यस क्षेत्रमा विकासभन्दा राजनितिक द्वन्द्व अत्यधिक रहेकोले विकास निर्माणका कार्य संतोशजनक हुन नसकेको बताए । ‘देश संघीयतामा गईसकेकोले राजनितिक द्वन्द्वभन्दा पनि विकास निर्माणका कार्यले तिव्रता पाउनुपर्ने थियो’ उनले भने–‘तर सर्वसाधारणको अपेक्षा अनुकुल विकास निर्माणको कार्य हुन सकेको छैन् ।’
उनले देश विकासतर्फ उन्नमुख भएकोले राजनितिक द्वन्द्व अन्त्य गरी विकास निर्माण र समाजलाई समृद्धीतर्फ अगाडी बढाउने कार्यमा सवैले लाग्नुपर्नेमा जोड दिए । यात्रु प्रतिक्षालय निर्माण भएको गौरा चौकबाट दैनिकजसो दुई सय सर्वसाधारणहरु विसनपुर हुँदै राजविराज, विराटनगर, लाहान लगायतका स्थानसम्म यात्रा गर्ने गरेका छन् ।

About The Author