Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

इतिहासविद् दासको स्मृतिमा श्रद्धाञ्जली सभा

इतिहासविद् दासको स्मृतिमा श्रद्धाञ्जली सभा

राजविराज, १ भदौ । मिथिला साहित्य कला प्रतिष्ठान(मिलाफ)द्वारा नियमित कार्यक्रम अन्तर्गत शनिवार विविध विषयमा कार्यक्रम आयोजना गरियो ।
राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय प्राङ्गणमा इतिहासवि सह प्राध्यापक हरिकान्तलाल दासको स्मृतिमा श्रद्धाञ्जलि सभा, मैथिली साहित्यिक तथा साङ्गितिक कार्यक्रम र मिथिला देवघर यात्रा पश्चात बाबाधामको प्रसाद वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रम प्राध्यापक अमरकान्त झाको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रम सञ्चालक शम्भुश्रीले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष समेत रहेका सल्लाहकार देवेन्द्र मिश्र, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष शुभचन्द्र झा, परिषद्का अध्यक्ष अशोक कुमार झा, अध्यापिका किरण झा, रमण यादव (धीरु), रमिला साह, उर्जा साह, पिंकी झा, धीरेन्द्र मधेशी, कृष्ण मैथिल, मञ्जु श्रेष्ठ, परिषद्का सदस्य अजय कुमार झा लगायतले रचना वाचन गरे । सोही कार्यक्रममा ‘मिथिला देवघर यात्रा’बारे संयोजक सुभाष बिरपुरियाले वृतान्त प्रस्तुत गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।