Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

कोशी पीडितद्वारा अनिश्चितकालिन रिले अनसन

कोशी पीडितद्वारा अनिश्चितकालिन रिले अनसन
Bwtech New Add With Software & Bull SMS

राजविराज, १ भदौ । कोशी नदी कटान डुवान संघर्ष समिती सुनसरी, सप्तरी र उदयपुरले तीन बुँदे मागसहित शनिवारबाट अनिश्चितकालिन रिले अनसन थालेका छन् ।
संघर्ष समितीले कोशी ब्यारेज स्थित आमसभा पश्चात अनिश्चिितकालिन रिले अनसन सुरु गरेका हुन । कोशीले क्षति गरेको बालीको क्षर्तिपूति हुनुपर्ने, दुवै तटबन्धभित्रको जग्गा सुरक्षित हुनुपर्ने र सन् १९५४ मा भएको कोशी सम्झौता कार्यान्वयन हुनुपर्ने उनीहरुले माग गरेका छन् । ‘तत्काल तीन बुँदे माग सम्वोधन गर्नेतर्फ सम्वद्ध पक्षले ध्यान नपु¥याए थप सशक्त आन्दोलन गर्न बाध्य हुनेछ’ संघर्ष समितीका संयोजक महिदेव प्रसाद चौधरीले भने–‘आफुहरुको रिले अनसन जारी रहने तथा सोहि क्रममा मुआब्जा उपलब्ध गराउनेतर्फ पहल नभए थप सशक्त आन्दोलन गर्नेछु ।’
उनले मुआब्जा उपलब्ध गराउन पटक पटक आश्वासन पाएपनि सात दशक वित्नै लाग्दा समेत मुआब्जा नपाउँदा दुखित तुल्याएको बताए । ‘जग्गा सम्वन्धमा सन् १९६१ देखि १९७१ सम्मको कटान फारम मालपोत कार्यालय सप्तरीबाट सम्पर्क तथा भु–आर्जन कार्यालय, विराटनगर कोशी योजनालाई विवरण पनि पठाए’ उनले भने–‘कोशीले कटान तथा डुवान भएका ५६ हजार ३ सय ५१ विघा ११ कठ्ठा १९ धुर जग्गाको विवरण पठाएपनि हालसम्म मुआब्जा आएको छैन ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा सदस्य सत्यनारायण मण्डलको प्रमुख आतिथ्य तथा पूर्व सांसद नागेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य मानपुर चौधरीले कोशी पीडितहरुलाई मुआब्जा दिलाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
सभामा संघर्ष समितीका सह–संयोजक डम्वर प्रसाद चौधरी, कोषाध्यक्ष रामपृत मण्डल, राजकिशोर मण्डल, कासिम अन्सारी, सचिव छेदीलाल माझी, सदस्यहरु वैद्यनाथ मण्डल, वौवालाल मेहता, रामनारायण गुप्ता, रामनारायण पौदार लगायतका सहभागीता थियो ।
२०११ साल वैशाख १२ गते नेपाल र भारतीबीच भएको कोशी सम्झौता अनुसार कटान र डुवान भएको जग्गाको मुआब्जा भारत पक्षले दिनुपर्नेछ । तर, सम्झौता कार्यान्वयन गराउनेतर्फ दुवै देशका सम्वद्ध निकाय पहल गर्न नसक्दा कोशी पीडित आन्दोलित भएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: