• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

साहित्यकार धीरेन्द्र प्रेमर्षिलाई दिल्लीमा ‘अटल मिथिला सम्मान’

साहित्यकार धीरेन्द्र प्रेमर्षिलाई दिल्लीमा ‘अटल मिथिला सम्मान’

राजविराज, ३१ साउन । नेपालका चर्चित मैथिली एवम् नेपालीका साहित्यकार धीरेन्द्र प्रेमर्षि ‘अटल मिथिला सम्मान २०१९’ बाट सम्मानित हुने भएका छन् ।
भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको नाममा स्थापित उक्त सम्मान दिल्लीमा शनिवार आयोजना हुनलागेको भव्य समारोहका बीच उनलाई प्रदान गरिने भएको हो । हिन्द पोस्ट मिडिया र मैथिलीका युवा अभियानी प्रदीप कुमार झाद्वारा आयोजना हुन लागेको उक्त कार्यक्रममा वहुआयामिक व्यक्तित्व प्रेमर्षिलाई मिथिला र मैथिलीकालागि दिईएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै अटल मिथिला सम्मान प्रदान गरिने जनाईएको छ ।
भारत सरकारका प्रतिरक्षा मन्त्री राजनाथ सिंहको प्रमुख आतिथ्यमा आयोजना हुन गईरहेको उक्त समारोहमा पूर्वमन्त्री, राज्यसभा सांसद, सहित विशिष्ठ व्यक्तित्वहरुको विशेष उपस्थिति रहने जनाईएको छ । सोही समारोहमा नेपालबाट प्रेमर्षि, चर्चित बलिवुड गायिका अलका याग्निक, उत्तराखण्डका आइ.ए.एस. नितेश झालाई समेत मिथिला अटल सम्मानबाट सम्मानित गरिनेछ ।
सोही कार्यक्रममा वलिवुडका चर्चित स्टार पद्मभूषण सम्मानित उदितनारायण झा, वलिवुडका चर्चित गायिका अलका याग्निक, मैथिली ठाकुर लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहने जनाईएको छ । कान्तिपुर एफ.एम.बाट प्रशारण हुँदैआएको हेलो मिथिलाका प्रस्तोता समेत रहेका गीतकार, गायक, सङ्गीतकार, गजलकार, अभिनेता, विष्लेशक प्रेमर्षि नेपालबाट उक्त पुरस्कार पाउने पहिलो रेडियोकर्मी एवम् लेखक हुन् । सिरहा जिल्लाको वस्तीपुर निवासी हुने तीन दशकदेखि मैथिली भाषा, साहित्य, कला, संस्कृति संरक्षण, सम्वद्र्धन, प्रचार–प्रसार एवम् उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउँदैआएका छन् ।