Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते

दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते
Bwtech New Add With Software & Bull SMS

राजविराज,३१ साउन । सप्तरीको राजविराज नगरपालिका–१ पडरिया स्थित बुधवार राति दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
सिटी रिक्सा दुर्घटना भएर हात भाँचिएको घाइतेको उपचार खर्च सवारी धनीलाई व्यहोर्न लगाएपछि विवाद उत्पन्न भएर झडप भएको हो । झडपमा वडा नं. १ कै सवारी धनी र घाइते पक्षका २० जना घाइते भएका छन् ।
घाइतेमध्ये मोह्मद यासिन, मोह्मद अजिम, मोह्मद इनुस, मुन्नी खातुन, अनितादेवी धामी, श्याम धामी र रेणु धामीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर सातै जनालाई उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान पठाइएको छ भने १३ जनाको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
बुधवार साँझ हाट भरेर सिटीमा घरतर्फ जादै गरेकी पडरियाकी अनिता देवीको सिटी पल्टिएर हात भाँचिकएको थियो । घाईते अनिता पक्षका व्यक्तिहरुले सवारी धनीसँग उपचार र क्षतिपूर्ति स्वरुप ८ हजार रुपैयाँ लिएका थिए ।
गाउँले भएर पनि उपचार खर्च असुलेको भन्दै सवारी धनी पक्षका व्यक्तिहरुले पीडित पक्षलाई कुटपिट गर्न थालेपछि प्रतिकार गर्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । घटना लगत्तै पुगेको प्रहरी टोलीलाई देखेर दुवै पक्ष फरार भएकोले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: