• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भत्किएको सडक मर्मत–सम्भार नहुँदा आवागमनमा सास्ती

भत्किएको सडक मर्मत–सम्भार नहुँदा आवागमनमा सास्ती

राजविराज, २९ साउन । सप्तरी सदरमुकाम राजविराज जोड्ने विसनपुर–बोदे बरसाईन सडक खण्ड अवरुद्घ हुँदा यात्रुहरु सास्ती झेल्न बाध्य भएका छन् ।
असारको अन्तिम साता आएको भिषण वर्षा र बाढीले खडक नगरपालिका–८ विसनपुर स्थित सडक कटान गरेपछि यातायात समेत अवरुद्घ भएको हो । बाढीले करिब २० मिटर सडक बगाएपछि मानराजा–बोदे बरसाईन–विसनपुर सडकमा सीधा सवारी यातायात अबरुद्ध भएको बोदे बरसाईन नगरपालिका–३ का सारस्वरका इनरदेव यादवले बताए ।
वर्षाैपछि सडकमा कालोपत्रेको काम सकिएर आफुहरुलाई सदरमुकामसम्म आउजाउ गर्न सहज भएको थियो । उनले भने ‘एक महिना नहुँदै बाढीले सडक कटान गरेपछि हामीहरुलाई आवागमनमा समस्या भएको छ ।’ उनले सडक अवरुद्ध हुदा अहिले सदरमुकाम पुग्न दुईवटा सवारी प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए ।
सोही ठाउँका यदुनन्दन रामले कटान भएको सडकको पुनः निर्माण कार्यलाई तिव्रता दिनुपर्ने माग गरे । भर्खरै निर्माण सकिएको सडक कटान भएपछि एक दर्जनभन्दा बढी गाउँका सर्वसाधारणलाई सास्ती भईरहेको छ । उनले भने ‘सर्वसाधारणलाई भईरहेको समस्याप्रति सम्वन्धित निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरुरी छ ।’
भारतीय सीमा क्षेत्र स्वर्णपट्टिदेखि १७ दशमलव २८ किलोमिटरको उक्त सडक पूर्वपश्चिम राजमार्गसम्म जोडिएको छ । राजमार्गदेखि करिब एक सय मिटरकै दुरीमा सडक कटान हुँदा दुईपाङ्ग्रे बाहेकका सवारी साधन चल्न सकेको छैन ।