Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

पैतृक गाउँमा गढियामा इतिहासविद् हरिकान्तलाल दासको अन्त्येष्टि

पैतृक गाउँमा गढियामा इतिहासविद् हरिकान्तलाल दासको अन्त्येष्टि
Bwtech New Add With Software & Bull SMS

राजविराज, २८ साउन । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–९ गढिया निवासी इतिहासविद् हरिकान्त लाल दासको मङ्गलवार हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
जन्मस्थान गढियामा उनका छोरा सन्दिप दासले दागवत्ती दिएका हुन् । महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सह–प्राध्यापक दासको राजविराज–८ स्थितको आफ्नै घरमा सोमवार दिउँसो साढे दुई बजेको समयमा निधन भएको थियो । इतिहासविद् दासको घरमा पुगेर तथा अन्तिम संस्कारमा समेत विभिन्न क्षेत्रसँग सम्वन्धित व्यक्तिहरु सहभागी भएका छन् ।
त्रिभुवन विश्व विद्यालयमा ३७ वर्षसम्म सेवा गरी अवकाश जिवनयापन गर्दैआइरहेका उनी विगत केही वर्षदेखि मधुमेह र हृदयरोगबाट पीडित थिए । वि.सं.१९९८ कार्तिक २९ गते शुक्रवार सप्तरी जिल्लाका साथै मिथिला क्षेत्रको धार्मिक, ऐतिहासिक एवम् प्राचीन इतिहासबारे गहन अध्ययन अनुसन्धान गरेका उनको आधा दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन् । साझा अफसेट प्रेसबाट पहिलो कृतिको रुपमा ‘सप्तरीको राजनीतिक इतिहास एवम् प्रमुख धार्मिक स्थलहरु’ २०५८ सालमा प्रकाशन भएको थियो । जिल्लाको राजनीतिक, धार्मिक एवम् सांस्कृतिक विषयमा मिहिन ढङ्गबाट अध्ययन अनुसन्धान गर्ने उनी जिल्लाकै पहिलो व्यक्ति हुन् ।
साझा प्रकाशनबाट उनको २०६७ सालमा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित छन् । उक्त पुस्तकमा जिल्लामा रहेका ऐतिहासिक गढीहरु, पूर्ण कर्णाटकालीन गढीहरु, राजा पुरादित्यको बनौली गढ तथा सेनकालीन गढीहरुसमेतका विषयमा विस्तृत चर्चा गरिएको छ ।
उनको अर्को कृति ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु एक अध्ययन’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०६० सालमा प्रकाशित भएको छ । यस अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा समेत इतिहासविद् अध्ययन अनुसन्धान तथा शोधहरु पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा समेत नेपाली र मैथिली भाषामा प्रकाशन छन् । यस्तै कक्षा १० को मैथिली विषयको पाठ्यपुस्तकमा ‘प्राचीन विदेह’ पाठ समावेश गरिएको छ ।
पुस्तकलाई नै धन सम्पत्ति सम्झिने सरस्वतीपुत्र दासको घरमै करिब चार हजार पुस्तक सङ्ग्रहित छन् । सयौं वर्ष पुराना पुस्तकहरु उनले अध्ययन अनुसन्धानका क्रममा नेपाल तथा भारतको विभिन्न स्थानहरुबाट सङ्कलन गरेका छन् । गहन अध्ययन–अनुसन्धान एवम् शोध तथा कृति प्रकाशन वापत एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् ।
मैथिली साहित्य परिषद् र चित्रगुप्त सेवा समितिको पूर्व अध्यक्ष समेत रहेका उनी लेखनमा सक्रिय रहँदैआएका थिए । इतिहासविद् दासका धर्मपत्नी विद्या देवी दास, दुई छोरी अर्चना, अञ्जली र एक छोरा सन्दीप छन् ।

Online Saptari

About The Author

%d bloggers like this: