• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समाजवादी पार्टीद्वारा नेता चौधरीलाई अन्तिम श्रद्धाञ्जली

समाजवादी पार्टीद्वारा नेता चौधरीलाई अन्तिम श्रद्धाञ्जली

विरेन्द्र वजार, २८ साउन । सडक दुर्घटनामा ज्यान गुमाएका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर १ का समाजवादी पार्टी नेपालका संयोजक मोतीलाल चौधरीको पार्थिक शरिरमा समाजवादी पार्टीद्वारा श्रदाञ्जली अर्पण गरिएको छ ।
पार्टीका नेता तथा कार्यकर्ताद्वारा मङ्गलवार जण्डौल स्थित उनको निवासमा पुगी पार्टीको झण्डा ओढाएर अन्तिम श्रदान्जली श्रदाञ्जली अर्पण गरेका हुन् । समाजवादी पार्टीले श्रदाञ्जली दिएपछि उनको समाजिक पराम्परा अनुसार गाउँमै अत्यष्टि गरेका छन् । जण्डोल गाउँ पञ्चायतका पुर्व प्रधानपञ्च समेत रहेका नेता चौधरीलाईको पार्थिक शरिरमा समाजवादी पार्टीका प्रदेश नम्वर २ का सदस्य भिम वहादुर तामाङ, जिल्ला सदस्य एवम क्षेत्र नम्वर १ का संयोजक अशोक चौधरी, पुर्व जिल्ला सह–सचिव वृजमान तामाङ, जिल्ला सदस्य राम कुमार चौधरी, दुर्गानन्द चौधरी, गुणानन्द चौधरी आशा तामाङ, गाउँपालिका संयोजक दिनेश साह लगायतका नेताहरुले झण्डा र अबिर माला लगाएर श्रदाञ्जली दिए । चौधरीको अन्येष्टिमा संविधान सभा सदस्य मानपुर चौधरी, जनप्रतिनिधिहरु लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । २०४५ सालमा प्रधानपञ्चको जिम्मेवारी सम्हालेका ७२ वार्षिय चौधरीको सोमवार मोटरसाईकलको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।