• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

राजविराज, २८ साउन । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपािलका–१ जण्डोल स्थित सोमवार साँझ भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वतर्फ जार्दै गरेको को ३४ प ८३३७ नम्वरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट वडा नम्वर १ कै घोघिदहाका करिब ६० वर्षीय मोतिलाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।