Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्रदेश सरकारले धेरैथोक गर्न चाहेको छः राज्यमन्त्री मण्डल

प्रदेश सरकारले धेरैथोक गर्न चाहेको छः राज्यमन्त्री मण्डल
Bwtech New Add With Software & Bull SMS

राजविराज, २७ साउन । प्रदेश नम्वर २ का उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले कर्मचारी अभावले गर्दा प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको स्वीकारेका छन् ।
सबल नेपाल र सप्तरी युथ नेपालको संयोजन तथा सेभ द चिल्ड्रेन र समग्र जन उत्थान सिरहाका सहयोगमा राजविराजमा सोमवार अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । आफुहरुले गर्न चाहे पनि कानून अभाव तथा सिमित दायराका कारण समस्या भएको जानकारी दिँदै उनले भने ‘समस्यै समस्याका बीच प्रदेश सरकारले धेरैथोक गर्न चाहेको छ तर कर्मचारी अभावले गर्दा अपेक्षाकृत काम गर्न सकेको छैन ।’
प्रदेश सरकार आफै निर्माण गरेर अगाडि बढिरहेको भन्दै राज्यमन्त्री मण्डलले प्रदेशमा व्यापक भ्रष्टाचार भएको भनी चर्चा गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै भने ‘जुन हिसाब मिडियाहरुमा चर्चा गरिएको छ, त्यति साह्रो अतिचार भ्रष्टाचार भएको अवस्था छैन, यस्ता प्रचारबाजीहरु गरेर प्रदेशलाई बदनाम गर्ने षडयन्त्र मात्र हो ।’ आफ्नै प्रहरी तथा कर्मचारी नभएका कारण थरीथरीका चुनौतीसँग जुझ्नु परेको उनले बताए ।
यूवाहरु विदेश पलायन, कुलत, बालविवाह, दाइजो, अनियमितता, गुणस्तरीय शिक्षाको अभाव लगायतका समस्याहरु मात्र नभई बाढी, शीतलहर, खडेरी लगायतका प्रकोपहरु समेत चुनौतीको रुपमा रहेको उनले टिप्पणी गरे । पर्यावरण जोगाउनुपर्नेमा जोड दिँदै राज्यमन्त्री साहले भने ‘चुरे दोहन, जङ्गल फँडानी, अव्यवस्थित बसोवास तथा नदीहरुको क्षेत्र अतिक्रमण लगायतका समस्याहरुप्रति सबैको चासो हुनु आवश्यक छ, प्रत्येक व्यक्तिले विवाह, जन्मदिन, वर्षगाँठ, पुण्यतिथी आदीको अवसरमा बृक्षारोपण कार्यलाई अनिवार्य रुपमा अगाडि बढाउनु जरुरी छ ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक अरुण कुमार महतो, धर्मी हल्फा महिला विकास क्लव लालापट्टीका अध्यक्ष ई. सुर्यनारायण यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, समग्र जन उत्थान सिरहाका रामभरोसी महतो, यूवा नेता पार्थो सरकार, वसन्त चौधरी, ग्रीन नेपालका अध्यक्ष खेलानन्द दास, प्रहरी निरीक्षक सन्तोष खड्का लगायतले यूवाहरुको भूमिकाबारे मन्तव्य व्यक्त गरे ।
आयोजक संस्थाका आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सबल नेपालका वास संयोजक प्रमेश्वर साहले गरे ।

Online Saptari

About The Author

%d bloggers like this: