• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

अन्तर्राष्ट्रिय यूवा दिवसमा दुई कलाकर्मीसहित ६ जना सम्मानित

अन्तर्राष्ट्रिय यूवा दिवसमा दुई कलाकर्मीसहित ६ जना सम्मानित

राजविराज, २७ साउन । अन्तर्राष्ट्रिय यूवा दिवसको अवसर पारेर सोमवार राजविराजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका उत्कृष्ठ ६ जना यूवालाई सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा अभिनय क्षेत्रबाट मैथिली, नेपाली, भोजपुरी सिनेमाकी नायिका डोली सरकार, एथलेटिक्सका स्वर्णपदक विजेता अजित कुमार यादव, गायन क्षेत्रबाट चर्चित गायिका अन्जु यादव, उद्यमीबाट यूवा व्यवसायी अनवर अली, समाजिक क्षेत्रबाट देबेश चौधरी र शिक्षा क्षेत्रबाट शिक्षक भूपेन्द्र साहलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर २ का उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्मान–पत्र, दोसल्ला एवम् मायाको चिनो प्रदान गरेर सम्मान गरिएको छ ।