Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

चन्दा संकलन गरेर काठमाण्डौ हिडे भारात्तोलन खेलाडी

चन्दा संकलन गरेर काठमाण्डौ हिडे भारात्तोलन खेलाडी
Bwtech New Add With Software & Bull SMS

राजविराज, २६ साउन । विगत दुई महिनादेखि सप्तरी खेलकुद विकास समितिका उपाध्यक्ष धीरु वर्मा लगायतका व्यक्तिहरुले लगाएको ताला नखुल्दा भारात्तोलन खेलाडीहरु समस्यामा परेका छन् ।
कार्यालय नै बन्द रहेपछि खेलाडीहरुलाई यातायात लगायतका खर्चहरु जुटाउन समस्या भएको हो । समितिका पदाधिकारीहरुलाई गुहार्दा पनि कतै केही नलागेपछि भारात्तोलन खेलाडीहरु आफ्नै पहलमा सहयोग जुटाएर राष्ट्रिय प्रतियोगितामा भाग लिने भएका छन् ।
आगामी साउन २८ गते काठमाण्डौमा हुन गईरहेको सुनिललाल जोशी मेमोरियल भारात्तोलन प्रतियोगिताकालागि आइतवार सप्तरीका खेलाडीहरु काठमाण्डौ प्रस्थान गरेका छन् । विगत १० देखि समितिका पदाधिकारीहरुलाई आर्थिक व्यवस्थापन गर्न आग्रह गरिए पनि कुनै टुङ्गो नलागेपछि आर्थिक सहयोग संकलन गरी खेलाडीहरुलाई प्रतियोगितामा सहभागी हुन पठाईएको भारात्तोलनका प्रशिक्षक पुन्तीलाल यादवले जानकारी दिए ।
खेलाडीहरुलाई नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले १५ हजार रुपैयाँ र छोटु स्टेस्नरी एण्ड सप्लायर्सबाट १० हजार रुपैयाँ सहयोग गरेका छन् । प्रतियोगितामा भाग लिन सप्तरीबाट ११ जना खेलाडी काठमाण्डौ प्रस्थान गरेका छन् । खेलाडीहरुमा दिलिप यादव, सञ्जय यादव, रमेश झा, धर्मनाथ कुमार साह, रामकुमार यादव, रोशन साह, सरिता यादव, पूजा मण्डल, काजल कुमारी सदा, आरती कुमारी रजक रहेका छन् । खेलाडीहरुलाई सञ्जालका अध्यक्ष यादवले खेलाडीहरुलाई सफलताको कामना गर्दै विदाई गरेका छन् । उक्त प्रतियोगितामा भाग लिन देशका विभिन्न जिल्लाहरुबाट भारात्तोलन खेलाडीहरु सहभागी हुन लागेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: