Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

हुलाकी राजमार्ग : निर्माण कार्य पूरा नहुँदै भत्कियो पुल

‘वर्षायाममा हिलाम्य र सुख्खामा धुलामयको समस्या खेप्दै आएका सर्वसाधारणलाई पक्की सडक बनेपछि राहत हुन्थ्यो’ उनले भने–‘तर ठेकेदारको मनपरीले निरास पारको छ ।’
हुलाकी राजमार्ग : निर्माण कार्य पूरा नहुँदै भत्कियो पुल
Bwtech New Add With Software & Bull SMS

राजविराज, २६ साउन । तराई मधेशको लाइफलाइन मानिएको बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सप्तरी खण्डमा गुणस्तरहिन पुल निर्माण कार्य भईरहेको पाइएको छ ।
बोदे बरसाइन नगरपालिका वडा नम्वर ५ जाँजर स्थित खडक नदीमा निर्माणाधीन पुल भत्किएपछि गुणस्तरहिन निर्माण कार्य बारे खुल्न आएको हो । सप्तरीमा दुई अर्ब रुपैयाँको लागतमा हुलाकी राजमार्गको दुईवटा योजनामा ४० किलोमिटर सडक निर्माणको कार्य भईरहेको छ ।
राजविराजदेखि पूर्व (कंचनपुरसम्म) तर्फको सडक खण्ड ब्रजगुरु कन्स्ट्रक्सन तथा राजविराजदेखि पश्चिम (बलान नदीसम्म) तर्फको सडक खण्ड रौताहा श्रेष्ठ दिवा जेभीले अढाई वर्षभित्र (२०७४ पुस १४–२०७७ असार २८) सम्पन्न गर्ने सम्झौता गरी ठेक्का पाएको छ ।
जसअनुसार १ अर्ब २० करोड रुपैयाँमा राजविराजदेखि पश्चिमतर्फ बलान नदीसम्म राजमार्ग निर्माण गर्ने ठेक्का जेभीले पाएको छ भने पुल निर्माण गर्ने जिम्मा वागमती निर्माण सेवालाई दिइएको छ ।
सम्झौताअनुसार सो सडक खण्डमा वागमती निर्माण सेवाले १२ वटा पुल निर्माण कार्य थालेको छ । तर, दुई वर्ष वित्न लाग्नपनि एउटै पुलको निर्माण कार्य पुरा गर्न सकेको छैन् भने निर्माणाधीन पुल समेत भत्किन थालेको छ । समान्य बाढीमै पुल भत्किएपछि ठेकेदारले गुणस्तहिन सामाग्रीको प्रयोग गरेर निर्माण कार्य गरिरहेकाले निर्माण पुरा नहुँदै पुल भत्किएको स्थानीयहरुले आरोप लगाएका छन् ।
‘नदीमा आएको समान्य बाढीमै पुल भत्कियो, निर्माण थालिएसँगै आफुहरुले गुणस्तरीयतामा ध्यान पु¥याएर काम गर्न पटक पटक ठेकेदार कम्पनीलाई आग्रह पनि ग¥यो’ स्थानीय दिनेश्वर प्रसाद खत्वेले भने–‘न त ठेकेदार कम्पनीले गुणस्तरीयतामा ध्यान पु¥याए, न त गम्भिरतापूर्वक काम नै गरे ।’
उनले यी नै कारणले पुल निर्माण कार्य पुरा नहुँदै भत्किएकोले निर्माण कार्यमा प्रयोग भईरहेको सामाग्रीहरुको जाँच हुनुपर्ने माग गरे ।
स्थानीय पप्पु यादवले वर्षौको प्रतिक्षापछि बन्न लागेको हुलाकी राजमार्गले सर्वसाधारणमा खुशी थपिएपनि निर्माण कम्पनीको रबैयाले दुखी पारेको बताए । ‘वर्षायाममा हिलाम्य र सुख्खामा धुलामयको समस्या खेप्दै आएका सर्वसाधारणलाई पक्की सडक बनेपछि राहत हुन्थ्यो’ उनले भने–‘तर ठेकेदारको मनपरीले निरास पारको छ ।’
उनले राजमार्गसँग तराई क्षेत्रका सर्वसाधारणको समृद्धि पनि जोडिएकोले सडक निर्माण कार्यतर्फ सम्वन्धित निकायलाई पनि गम्भिरतापूर्वक रेखदेख गर्न आग्रह गरे ।
यता, पुल निर्माण कम्पनीका राजदेवकुमार यादवले भने पुल निर्माण गर्ने क्रममा नदीमा बाढी आएका कारण भत्किन पुगको बताए । ‘पुलमा प्रयोग गरिएको निमार्ण सामाग्री गुणस्तरीय छ’ उनले भने–‘निर्माणको क्रममा स्टेसिङ्ग नभएर नदीमा बाढी आएकोले पुल भत्कियो ।’
हुलाकी राजमार्ग अन्तर्गत सडकको मध्य प्वाईन्टबाट दुवैतर्फ १५/१५ मिटर गरी कुल ३० मिटर जग्गा अधिग्रहण गरी ११ मिटरमा दुई लेनको सडक निर्माण कार्य भईरहेको छ ।

Online Saptari

About The Author

%d bloggers like this: