• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बलात्कारको आरोप दुई युवक पक्राउ

राजविराज, २३ साउन । बलात्कार गरेको आरोपमा सप्तरीको राजविराजका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्वर ९ का २४ वर्षीय रामनलाल दास र २२ वर्षीय रोशनकुमार यादव रहेका छन् ।
सोहि ठाउँकी एक युवतीले आफुलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको वयानको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । युवतीको स्वास्थ्य परीक्षण पश्चात पक्राउ गरिएका दुवै जनामाथि सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भईरहेको जनाएको छ ।