• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘स्थानीय सरकारमा ‘डोम, मुसहर समुदायको पहुँच आवश्यक’

‘स्थानीय सरकारमा ‘डोम, मुसहर समुदायको पहुँच आवश्यक’

कञ्चनपुर, २१ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोर कुमार रामले विपन्न तथा डोम, मुसहर समुदायहरुलाई स्थानीय सरकारमा पहँुच पुग्न गरिरहेको कार्यप्रति खुशी व्यक्त गरेका छन् ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा बेल्थहङ्गरहेलफेको प्राविधिक सहयोगमा आसमान नेपालको अगुवाईमा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा समावेशी लोकतन्त्र तथा नागरिक सशक्तिकरणको प्रवद्र्धन परियोजना अन्र्तगत परिचयात्मक तथा जिल्लास्तरीय समन्वय बैठकमा यस्तो बताइएका हुन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत रामले थपे ‘मञ्चले प्रदेश सरकारसँग लडेर भए पनि प्रदेश २ मा दलित समुदायहरुको जनसंख्याका आघारमा आरक्षण हासिल गर्नुका साथै दलितमा पनि अति विपन्न डोम, मुसहर समुदायहरुलाई स्थानीय सरकारमा पहुँच पुग्न गरिरहेको कार्य प्रतिशुभकामना दिए ।
बैंठकमा दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोला पासवानले मञ्चद्वारा प्रदेश सरकारसँग दलित समुदायकालागि अधिकारप्राप्ति, प्रदेश सरकारले बनाएका नीति नियम तथा कानून दलितमैत्री बनाउन दवाव, तथ्यमा आधारित गतिविधिबारे जानकारी गराएका छन् । मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले सप्तरीको राजगढ र बिष्णुपुर गाउँपालिकामा समावेशीलोकतन्त्र तथा नागरिक सशक्तिकरणको प्रवद्र्धन परियोजनामार्फत अतिविपन्न, सिमान्कृत तथा डोम, मुसहर तथा मुस्लिमलगायत अन्य समुदायहरुलाई स्थानीय सरकारमा पहुँच पुर्याउने बताए ।
बैंठकबाट समावेशी लोकतन्त्र तथा नागरिक सशक्तिकरणको प्रवद्र्धन परियोजना अन्र्तगत चार बर्षकालागि सप्तरीको राजगढ र विष्णुपुर गाउँपालिकामा गरिने गतिविधि, सल्लाह, सुझाव तथा निगरानी गर्न जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको संयोजकत्वमा ९ सदस्यीय जिल्ला परियोजना सल्लाहकार समिति गठन गरिएको छ ।
सल्लाहकार समितिको सदस्यहरुमा बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव, राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोर कुमार राम, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, जिल्ला अस्पताल सप्तरीका जनस्वास्थ्य अधिकृत तथा प्रमुख निरञ्जन यादव, शिक्षा विकास तथा समन्वय एकाई सप्तरीका शिक्षा विकास अधिकारी फविन्द्र खत्री, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पशु सेवा विज्ञ सम्र्पक कार्यालय राजविराजका सुर्यनारायण शर्मा र सदस्य सचिवमा दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवान रहेको जनाईएको छ ।