• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजविराज कारागार : भाइरल ज्वरोले एक सय कैदीबन्दी प्रभावित

राजविराज कारागार : भाइरल ज्वरोले एक सय कैदीबन्दी प्रभावित

राजविराज, २१ साउन । सप्तरी स्थित राजविराज कारागारमा फैलिएको भाइरल ज्वरोले एक सयभन्दा बढी कैदीबन्दी प्रभावित भएको छ ।
केहि दिनअघि फैलिएको भाइरल ज्वरोले कैदीबन्दी प्रभावित भएको कारागार प्रशासनले जनाएको छ । ‘कैदीबन्दीमा रुघाँखोकीसँगै ज्वरो देखिएपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जाँच गराउदाँ भाइरल ज्वरो रहेको पाइयो’ कारागारका निमित्त प्रमुख सत्यनारायण यादवले भने–‘भाइरल ज्वरोले ग्रासित कैदीबन्दीलाई तत्काल उपचार गराएपछि अवस्था नियन्त्रणमा आयो ।’
उनले अवस्था नियन्त्रणमा आएपनि अझै ८/१० जना कैदीबन्दीमा रुघाँखोकीले ग्रसित रहेको बताए । उनीहरुलाई कारागारमै चिकित्सको निगरानीमा उपचार भईरहेको कारागार निमित्त प्रमुख यादवले जानकारी समेत गराए ।
कारागारमा क्षमताभन्दा झण्डै तीन कैदीबन्दी राख्नु परेकोले यस्ता समस्या हुने गरेको उनले बताए । ‘कारागारमा एक सय २५ जनाको क्षमता रहेको छ’ उनले भने–‘अहिले १८ महिला र ३ सय ३३ पुरुष गरी ३ सय ५१ जना कैदीबन्दी राख्नु परेको छ ।’
उनले त्यस्तामा पनि शुद्ध खानेपानीको अभाव र कारागार आसपासमा जतातत्तै थुपारिएको फोहोरको दुर्गन्धले कैदीबन्दी र सुरक्षाकर्मीलाई समस्या हुने गरेको बताए । ‘२००८ सालमा निर्माण भएको भवन त जिर्ण छ नै, त्यसमा पनि कारागार आसपास फोहोर थुपारिएको छ भने शुद्ध खानेपानी समेत छैन्’ उनले थपे–‘समस्या बारे विभागमा अवगत गराएपछि केहि समयभित्रै सामाधान हुने प्रतिक्रिया पाएको छु ।’