Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बलान बिहुलमा बोलपत्र स्वीकृत गर्न पनि मनलाग्दी

कार्यालयलाई व्ययभार थपिएको छः मलेप
बलान बिहुलमा बोलपत्र स्वीकृत गर्न पनि मनलाग्दी
Bwtech New Add With Software & Bull SMS

राजविराज, १७ साउन । आर्थिक ऐनको बोलपत्रसम्वन्धि व्यवस्थाको दफा २५ बमोजिम न्यूनतम मुल्यांकित सारभुत रुपमा प्रभावग्राही बोलपत्र मात्र स्वीकृतिको लागि छनौट गर्नुपर्ने हुन्छ । तर, सप्तरीको बलान विहुल गाउँपालिकाले बोलपत्र स्वीकृत गर्न समेत मनलाग्दी गरेको खुलेको छ ।
विकासीय योजनाहरुमा कामै नगरी बजेट निकासा गरेको तथ्य बाहिरिएसँगै आलोचनाको सिकार हुन प।ुगेका सो गाउँपालिकाले विद्युतिकरणमा बोलपत्र स्वीकृत गर्न मनलाग्दी गरेको खुलासा भएको हो । स्थानीयहरुले जनप्रतिनिधि र कर्मचारी मिलेर कमाउ धन्दामा लागेर अनेक योजनामा उपभोक्ता समितिदेखि निर्माण कम्पनीसम्म आसेपासेलाई नै छनोट गरेको आरोप लगाईरहँदा विद्युतिकरण बोलपत्र स्वीकृती विधि विपरित भएको महालेखा परीक्षकको वार्षिक लेखा परीक्षण (मलेप) ले पुष्टि गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष ०७४÷०७५ को महालेखा परीक्षकको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार वडा नम्वर ५ रामनगरमा भएको विद्युतिकरणको बोलपत्रमा कम कबोल गर्ने निर्माण कम्पनीलाई स्वीकृत नगरेर कार्यालयलाई थप व्ययभार थप्ने कार्य गरेको ठहर गरिएको छ ।
रामनगरमा विद्युतिकरण गर्न मुल्य अभिवृद्धि करसहित ६१ लाख २० हजार ३ सय ४१ रुपैयाँ १३ पैसा लागत अनुमान तयार गरी बोलपत्रको माध्यमबाट निर्माण कार्य गर्न दर्ता भएका ३ वटा बोलपत्रहरुमध्ये ‘अनिल निर्माण सेवा बरमझिया’ ले मुल्य अभिवृद्धि करसहित ५६ लाख ७२ हजार ७४ रुपैयाँ ४० पैसा सवैभन्दा कम दर कबोल गरेको छ । तर, कार्यालयले भने ‘अनिल निर्माण सेवा बरमझिया’ को बोलपत्र स्वीकृत नगरी सोभन्दा बढी दर कबोल गर्ने ‘सन्तोष कन्स्ट्रक्सन’ को मुल्य अभिवृद्धि करसहित ६१ लाख १९ हजार ४ सय ७४ रुपैयाँ ४० पैसाको बोलपत्र कबोल गरेको प्रतिवेदनमा उल्लेख छ । यसका साथै बढी दरको बोलपत्र कबोल गर्ने कारण समेत नखुलाइएकोले कार्यालयलाई व्ययभार पर्न गएको जनाइएको छ । यस बाहेक पनि विद्युतिकरण गर्न ‘सन्तोष कन्स्ट्रक्सन’ लाई गौश्वरा भौचर नम्वर ३३÷०७५ जेष्ठ १७ गतेमा १२ लाख २९ हजार २ सय ५० रुपैयाँ प्रथम रनिङ्ग बिल भुक्तानी दिएकोमा ९ लाख ७४ हजार ९ सय ९९ रुपैयाँको मात्र बिजक पेश गरेको आधारमा भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,–‘२ लाख ५४ हजार २ सय ५० रुपैयाँ बिजक पेश नगरेको हुँदा नियमसम्मत भएको छैन ।’

Online Saptari

About The Author

%d bloggers like this: