• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बलान विहुल गापामा कानून विपरित खर्चियो दुई करोड ३१ लाख

आवश्यकता र मागभन्दा पनि पहुँच र सम्पर्कको आधारमा बजेट खर्च भएको मलेपको ठहर
बलान विहुल गापामा कानून विपरित खर्चियो दुई करोड ३१ लाख

राजविराज, १५ साउन । विकासीय बजेट अनियमितता भएको विषय बाहिरिएर चर्चामा रहेको सप्तरीको बलान विहुल गाउँपालिकामा झण्डै दुई करोडभन्दा बढी बजेट कानून विपरित खर्चिएको पाइएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष ०७४/०७५ को महालेखा परीक्षकको वार्षिक लेखा परीक्षण प्रतिवेदन (मलेप) मा २३ वटा योजनाहरुमा दुई करोड ३१ लाख ४० हजार ४ सय ५४ रुपैयाँ कानून विपरित खर्चिएको देखाइएको छ । गाउँसभाबाट बजेट विनियोजन गरी तोकिएका विकास निर्माणको योजना तथा विभिन्न कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरी आम उपभोक्ताहरुको सहभागीता र जनश्रमदान समेत समावेश गरी सो योजनाको स्वामित्व उनीहरुले नै लिने गरी गर्नु गराउनुपर्ने हुन्छ । तर, गाउँपालिका कार्यालयले गाउँसभाबाट पारित नभएका योजनाहरुमा समेत मनपरी बजेट खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त कार्यले विकास निर्माण तथा विभिन्न कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन नहुने, आवश्यकता र मागको आधारमाभन्दा पनि पहुँच र सम्पर्कको आधारमा बजेट उपलब्ध गराई योजना कार्यान्वयन गर्दा निर्माण सम्पन्न हुने कार्य गुणस्तरीय पनि नहुने ठहर गरिएको छ भने त्यस्ता गलत परिपाटीलाई नियन्त्रण गर्नेतर्फ गाउँपालिकालाई ध्यान पु¥याउनुपर्ने आवश्यकता समेत केलाएको छ ।

गाउँसभाबाट पारित नै नगरी पारिएका योजना तथा निर्माण कम्पनीहरु :