Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बलान विहुल गापामा कागजमै सडक ढलान, १७ लाख ५० हजार निकासा

बलान विहुल गापामा कागजमै सडक ढलान, १७ लाख ५० हजार निकासा
Bwtech New Add With Software & Bull SMS

विद्यानन्द राम
राजविराज, ९ साउन । विद्यालयको बाउण्ड्री वाल निर्माण नै नगरी रकम निकासा भएको तथ्य बाहिरिएसँगै विवादमा तानिएकोे सप्तरीको बलान विहुल गाउँपालिकाको अन्य योजनामा पनि रकम अनियमितताको तथ्य खुलेको छ ।
न्यूज टुडेको टिमले गरेको स्थलगत अध्ययन र अवलोकनबाट सो तथ्य फेला पारेको हो । गाउँपालिकाको आर्थिक वर्ष ०७५÷०७६ मा वडा नम्वर ५ रामनगरमा सडक ढलान कार्यमा १७ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । तर सडक ढलान कार्य भने भएको छैन । गाउँपालिकाको महालेखा परीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुसार ‘कुसुमको घरदेखि डिहबार मेनरोडदेखि देवनको घर हुँदै दिनाराम भद्रीसम्म ढलान’ शिर्षकको योजनामा उक्त रकम खर्चिएको देखाईएको छ ।


उपभोक्ता समिति मार्फत सडक ढलान गराइएको छ भने ढलान कार्यकालागि विनियोजन गरिएको रकमबाट १० प्रतिशत जनश्रमदान कट्टा गरी गाउँपालिकाको गोश्वारा भौचर नम्वर १४९÷०७५ असार २२ गते नै १६ लाख ९७ हजार ५ सय रुपैयाँ भुक्तानी समेत दिइएको प्रतिवेदनमा उल्लेख छ ।

‘उसो त भन्छन् सम्वन्धित निकायको नजरमा सुदुर र सदर भने शब्द हुदैन्, तर गाउँपालिकामा भएको रकम अनियमितताको विषयमा आफुहरु पटक पटक आवाज उठाउँदा पनि कसैले सुनेन ।’

स्थलगत अवलोकनकै क्रममा विद्यालयमा बाउण्ड्री वाल निर्माण र सडकमा ढलान कार्य नै नगरी रकम निकासा भएको यी दुईवटा योजना उदाहरण मात्रै रहेको स्थानीयहरुले जानकारी दिए । ‘देशलाई भ्रष्टाचार मुक्त बनाउने ठुल–ठुला नेतादेखी मुख्यमन्त्री, मन्त्री तथा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पत्रिकाको शीर्षकमा हेर्दा खुशी लाग्छ’ स्थानीय इन्द्र यादवले भने– ‘तर, आफुहरु बसेको गाउँपालिकाको अवस्था हेर्दा अपत्यार लाग्दो छ ।’
उनले यी दुई वटा योजनाहरु उदाहरण मात्रै रहेको भन्दै गाउँपालिकामा सम्पन्न अधिकांश योजनाहरुमा रकम अनियमितता भएको बताए । गाउँपालिका अध्यक्ष पदका प्रत्यासी अशोककुमार यादवले जिल्लाका अन्य स्थानीय तहहरु विकास र समृद्धिको बाटोमा अघि बढेपनि यो गाउँपालिकाका जनप्रनितिधिहरु घरपरिवार विकासमा लागेको आरोप लगाए । उनले भने– ‘बलान विहुल गाउँपालिका अहिले विकासीय मुद्दामा जिल्लाकै पछाडी परेको स्थानीय तह रहेकोले विकासीय मुद्दामा काम गर्नुपर्ने थियो ।’ तर जनप्रतिनिधिहरुले कर्मचारी र उपभोक्ता समितिसँग मिलेर ठोस योजनामा पनि कामै नगरी रकम निकासा गरी खल्ती भर्ने कार्यमा लागेको हेर्दा दुःख लागिरहेको उनले बताए ।
‘उसो त भन्छन् सम्वन्धित निकायको नजरमा सुदुर र सदर भने शब्द हुदैन्, तर गाउँपालिकामा भएको रकम अनियमितताको विषयमा आफुहरु पटक–पटक आवाज उठाउँदा पनि कसैले सुनेन’ नेता यादवले भने–‘गाउँपालिका सानो रहेपनि भ्रष्टाचारको काण्ड भने ठुलो रहेकोले सम्वन्धित निकायले गम्भिरतापूर्वक लागेर छानविन गर्नुपर्छ ।’
सोही ठाउँका कामेश्वर साहले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु मिलेर आसेपासे उपभोक्ता समिति गठन गरेर विकासीय रकम दुरुपयोग गर्ने कार्यमा मात्रै अग्रसर देखिएको आरोप लगाए । ‘जनप्रतिनिधि र कर्मचारीहरु मिलेर व्यक्तिगत स्वार्थ पूरा गर्न जे पनि गर्छन्’ उनले भने–‘त्यसैको उपज हो यो सडक ढलान कार्य ।’
सडक कतै हिलाम्य र कतै धुलाम्य छ, तर कागजमा भने १७ लाखभन्दा बढी खर्चिएर ढलान भईसकेको छ यो भन्दा दुर्भाग्यको कुरा के हुन्छ –उनले थपे । सो योजनासहित गत वर्ष सम्पन्न भएको अन्य तथा गाउँपालिकाबाट चालु आर्थिक वर्षमा सञ्चालित योजनाहरुमा भएको आर्थिक अनियमिततामा छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने स्थानीयहरुको माग छ ।
यसअघि वडा नम्वर ३ टिकुलिया स्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा बाउण्ड्री वालकालागि ‘टिकुलिया प्राविमा बाउण्ड्री वाल (घेराबेरा)’ शीर्षकमा ५ लाख रुपैयाँ निकासा भए पनि विद्यालयमा भने बाउण्ड्री वाल नरहेको विषयमा न्यूज टुडेबाट सामाचार सार्वजनिक गरिएको थियो ।

Online Saptari

About The Author

%d bloggers like this: