Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरीमा चट्याङ लागेर तीनको मृत्यु, सात जना घाइते (अपडेट)

सप्तरीमा चट्याङ लागेर तीनको मृत्यु, सात जना घाइते (अपडेट)
Bwtech New Add With Software & Bull SMS

राजविराज, ७ साउन । वर्षासँगै परेको चट्याङ लागेर मङ्गलवार सप्तरीमा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
हनुमाननगर कंकालिनी र सुरुङ्गा नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो । खेतमा खाना पु¥याएर घर फर्किने क्रममा हनुमानगर कंकालिनी नगरपालिका–११ का शुभ नारायण पण्डितकी ४५ वषीया शिवसती देवी पण्डितलाई चट्याङ लागेको छ ।
वर्षासँगै परेको चट्याङ लागेर शिवसतीको घटनास्थलमै मृत्यु भएको जनाएको छ । यसैगरी खेतमा काम गरिरहेका सुरुंगा नगरपालिका–३ का ५५ वर्षीय हरिहर चौधरीको चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।
चट्याङ लागेर गम्भिर घाइते भएका हरिहरलाई उपचारको लागि सिरहाको लहान स्थित सप्तऋषी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा हरिहरको मृत्यु भएको डिएसपी रिमालले जानकारी दिए ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–१ की एक बालिकाको पनि चट्याङ लागेर मृत्यु भएको छ । खेतमा काम गरिरहेकी लक्ष्मण यादवकी १५ वर्षीया छोरी पुनम यादवको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर सोहि गाउँपालिकामा ४ जना घाइते भएका छन् । विहान भएको वर्षासँगै परेको चट्याङ लागेर गाउँपालिकामा ४ जना घाइते भएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए । घाइते भएका चारै जनाको उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको उनले जानकारी गराए ।
उपचारार्थ चारै जनाको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । यसैगरी डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरमा पनि चट्याङ लागेर तीन जना घाइते भएका छन् ।
स्थानीयका अनुसार ३८ वर्षीय दिपेन्द्र कुमार साह, साहकी ३० वर्षीया पत्नी सोनी देवी साह र सोहि ठाउँका जयप्रसाद साहकी २५ वर्षीया पत्नी देवकी देवी साह घाइते भएका छन् । उनीहरुको पनि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: