Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरीमा चट्याङ् लागेर दुई जनाको मृत्यु

सप्तरीमा चट्याङ् लागेर दुई जनाको मृत्यु

राजविराज, ७ साउन । सप्तरीमा आज (मङ्गलवार) विहान मेघ गर्जनसँगै परेको चट्याङ्बाट दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर ३ का ३ का ५५ वर्षिय हरिहर चौधरी र हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ११ का ४५ वर्षिया शिवसती देवी पण्डितको मृत्यु भएको हो । खेतमा काम गरिरहेको अवस्थामा चौधरीको तथा खेतमा खाना पु¥याएर फर्किने क्रममा पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चौधरीलाई उपचारकोलागि तत्कालै सप्तऋषी अस्पताल लहान लगेकोमा उपचारका क्रममा मृत्यु भएको छ । खेतमा काम गरिरहेका आफ्ना पतिलाई खेतमा खाना पु¥याएर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको मृत्यु भएको जनाईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।