Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सरकारले लगाएको कर विरुद्ध उद्योगीव्यवसायीहरुद्वारा विरोध प्रदर्शन

सरकारले लगाएको कर विरुद्ध उद्योगीव्यवसायीहरुद्वारा विरोध प्रदर्शन
Bwtech New Add With Software & Bull SMS

राजविराज, ५ साउन । सरकारद्वारा ल्याईएको ऐन, नियम र तथा कानूनी प्रावधानहरु अव्यवहारिक भएको भन्दै सप्तरीमा उद्योगीव्यवसायीहरुले आइतवार वृहत विरोध प्रदर्शन गरेका छन् ।
सरकारले आर्थिक वर्ष ०७६÷७७ मा भेहिकल एण्ड कन्साइमेण्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लगायत प्रावधानहरु खारेज गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सप्तरी उद्योग वाणिज्य संघको आह्वानमा निकालिएको विरोध जुलुस राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गर्दै सभामा परिणत भएको छ ।
सभालाई सम्वोधन गर्दै सरकारले लागु गरेको प्रणालीका व्यवसायीहरुलाई जानकारी नै नदिएर लागू गरिएको प्रणालीले समग्र अर्थतन्त्र प्रभावित धरापमा पर्ने बताए । व्यापारी–व्यवसायीहरुलाई दुःख दिने नियतले सरकारले लागू गरेको प्रणाली तत्काल खारेज गर्न सरकारसँग माग गरे ।
सरकारले ल्याएको ऐनहरुबाट व्यवसायीहरु व्यवसाय गर्न सक्ने अवस्थामा नरहेको भन्दै अध्यक्ष प्रधानले सरकारले आफ्नो निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । विरोध प्रदर्शनमा सप्तरी जिल्लाको विभिन्न स्थानहरुबाट आएका व्यवसायीहरुले सहभागिता जनाएका छन् । सप्तरीका व्यवसायीहरुले सोमवार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्री, अर्थमन्त्री लगायतलाई गत साउन १ गते ज्ञापनपत्र बुझाईएको सप्तरी उद्योग वाणिज्य संघका महासचिव अनन्तलाल साहले जानकारी दिएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: