• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशी आयोगका अध्यक्षद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

मधेशी आयोगका अध्यक्षद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

राजविराज, ५ साउन । मधेशी आयोगका अध्यक्ष विजय दत्तले आइतवार सप्तरीका बाढी पीडित तथा राजविराज कारागारका कैदीबन्दीको अवस्थाबारे जानकारी लिएका छन् ।
विहान सप्तरी आईपुगेका उनले बाढी पीडितहरुको अवस्था, वर्षा र बाढीले पुर्याएको क्षति, राहत तथा उद्धार लगायतका विषयमा स्थलगत रुपमा निरीक्षण गरेका हुन् । जिल्लाको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका, बलान विहुल गाउँपालिकाका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । बाढी पीडितहरुले आयोगका अध्यक्ष दत्त समक्ष विभिन्न विषयवस्तुबारे जानकारी गराएका छन् ।
यसैगरी आइतवारै मधेशी आयोगका अध्यक्ष दत्तले राजविराज कारागार पुगेर कैदीबन्दीहरुको अवस्थाबारे जानकारी लिएका छन् । कैदीबन्दीहरुले क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएकोले बस्न तथा सुत्न समस्या रहेको र बर्षाको समयमा आफुहरुलाई थप समस्या हुने गरेको भन्दै दत्तलाई जानकारी गराएका छन् ।