Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्रहरी ज्यादती विरुद्ध उद्योगी व्यवसायी आन्दोलित

बैध सामानलाई अवैध बनाउन खोजेको आरोप
प्रहरी ज्यादती विरुद्ध उद्योगी व्यवसायी आन्दोलित

वृजमान तामाङ

विरेन्द्र बजार, ५ साउन । सरकारले अनावश्यक कर वृद्धी र प्रहरीले स्थानीय व्यवसायीमाथि ज्यादती गरेको विरुद्धमा सप्तरीका उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले सरकारले अनावश्यक कर वृद्धी गरेको तथा प्रहरीद्धारा व्यवसायीहरुमाथि ज्यादती गरेकोले आफुहरु आन्दोलनमा उत्रिनु परेको बताएका हुन । प्रहरीले १ लाख २ हजारको कपडा सहित व्यापारी राम कुमार मण्डल र सन्तोष कुमार मण्डललाई नियन्त्रमा लिई अनावाश्यक दुःख दिएको व्यवसायीहरुले आरोप लगाएका छन् ।
मण्डलद्वयका आफन्तले राजविराजमा पत्रकार सम्मेलन गरी सामानको विल च्यातेर वैध सामानलाई अवैध बनाएर प्रहरीले फँसाउन खोजेको आरोप लगाएका छन् । भाइले डाक्नेश्वरी नपाको पथरगाडाको राघव जनरल स्टोरवाट कपडा खरिद गरी वोदेर्वाईन स्थित जय मातादी ट्रेडसतर्फ लैजादै गरेको कपडा घुमुवा प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराए । कपडा ब्यवसायी राम कुमार मण्डलका दाजु नरेश कुमार मण्डलले प्रहरीका घुमुवाले भ्याट बिल समेत नियन्त्रणमा लिएको उनले बताए ।
कपडा वैध रहेको भनी इलाका प्रहरी कार्यालय वोदेवर्साईन र कल्याणपुरमा बारम्बार भन्दा समेत सुनुवाई नगरेको पत्रकार सम्मेलनमा उनले दुखेसो पोखे । प्रहरीका घुमुवा मोती मेहताले प्रतिशोध साँध्न सामान जफत गरी प्रहरीलाई जिम्मा लगाएको पीडितहरुले आरोप लगाएका छन् । यस अघि समेत घुमुवा मेहताले अवैध रुपले पैसा असुली गरेको आरोपमा स्थानीय व्यापारीहरुसँग व्यवहार राम्रो नबनाएको र निलम्वनमा परेको जानकारी दिँदै सोही आक्रोशमा कपडा खरिदको ६०२७८५८२४ नम्वरको भ्याट विल गायव गरी अवैध सावित गराउन खोजेको व्यावसायीका आफन्तले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
प्रहरीले अन्याय गरेको बताउँदै उनीहरुले विना शर्त कपडा फिर्ता गरी थुनामा राखिएका दुवै जनालाई रिहाई गर्न माग समेत गरेको छ । प्रहरीले अनाअवश्यक दुःख दिएको भन्दै शनिवारदेखि अनिश्चितकालकालागि वोदेवर्साईन बजार बन्द गर्ने यस अघि नै व्यवसायीहरुले घोषणा गरिसकेका छन् । व्यवसायीहरुले जिल्ला वन्द, कोणसभा र प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउने लगायतका चरणवद्ध आन्दोलनका कार्यक्रम जारी राखेका छन् । बन्दले राजविराज सहित जिल्लाका मुख्य बजारहरुमा समेत प्रभाव परेको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।