Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्रहरीले दुःख दिएको भन्दै बोदे वरसाइनका व्यवसायीहरु आन्दोलित

बजार अनिश्चितकालिन बन्द, शनिवारै तानिए ईलाका इन्चार्ज
प्रहरीले दुःख दिएको भन्दै बोदे वरसाइनका व्यवसायीहरु आन्दोलित
Bwtech New Add With Software & Bull SMS

राजविराज, ४ साउन । प्रहरीले दुःख दिएको भन्दै सप्तरीको बोदे वरसाईन नगरपालिकाका व्यवसायीहरुले आन्दोलन थालेका छन् ।
उनीहरुले शनिवार ईलाका प्रहरी कार्यालय बोदे वरसाइन प्रहरी विरुद्ध नाराजुलुस गर्दै शनिवारदेखि अनिश्चितकालका लागि बजार बन्द गरेका हुन् । प्रहरीले खटाएका घुमुवाले गत विहिवार वडा नम्वर ५ स्थित जय माता दी ट्रेडर्सबाट बिक्री भएको करिब ८० हजारको सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएपछि विवाद सुरु भएको छ ।
‘घुमुवाले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको छ’ बोदेबरसाइन नगर व्यापार समितिका सचिव अनिल सिंहले भने–‘भ्याट बिलसहित कपडा बेल्ही चपेनाको पथरगाढास्थित राघव जेनेरल स्टोरकालागि लगेको सामान खडक खोलाको छेउबाट नियन्त्रणमा लिएर भन्सारमा बुझाएको हो ।’
प्रदेश प्रहरीको घुमुवा असई मोती महतोले नियन्त्रणमा लिएको सामान ईलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखि शुक्रबार भन्सार बुझाएपछि व्यवसायीहरु आक्रोशित बनेको उनले बताए । ‘ईलाका प्रहरी कार्यालयमा सक्कल भ्याट बिलसहित पुग्दा इन्चार्ज (सइ) अमिर यादवले बिल पनि च्यातिदिएर गाली गर्न थालेपछि व्यवसायीहरु आक्रोशित बनेका छन्’ उनले थपे ।
आफुहरुले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी समेत दिए । बोदे वरसाइन नगरपालिकाका मेयर आतिशकुमार सिंह यादवले व्यवसायीसँग भ्याट विल हुँदा हुँदै पनि प्रहरीको व्यवहार गलत देखिएको प्रतिक्रिया दिए । उनले व्यवसायीहरुसँग आइतवार छलफल राखिएको जानकारी गराउँदै बजार खुलाउने विषयमा पहल भईरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले भारततर्फ लग्दै गरेको अवैध समान नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको रिर्पोट प्राप्त भएको बताए । तथापि सइ यादवको व्यवहार गलत रहेको भन्दै व्यवसायीहरुबाट गुनासो आएकाले इन्चार्जलाई फेरबदल गरिएको उनले जानकारी गराए । अमिर यादवको ठाउँमा शनिवारै सइ नारायण भट्टराईलाई पठाइएको छ भने कानून अनुसार प्रक्रिया अघि बढाइएको डिएसपी रिमालले बताए ।

Online Saptari

About The Author

%d bloggers like this: