राजविराज, ४ साउन । सप्तरीका पत्रकार नर्मदेव यादवलाई पितृशोक परेको छ ।
रुपनी गाउँपालिका वडा नम्वर–१ नकटी रायपुर निवासी यादवका पिता दुखीलाल यादवको ८६ वर्षको उमेरमा शुक्रबार साँझ ५.२० बजे निधन भएको हो । विगत केही समयदेखि उनी पक्षघात रोगबाट पीडित रहँदैआएका थिए । उनको पार्थिव शरिरलाई हिन्दू संस्कार अनुसार शनिवार आफ्नै पैतृक गाउँमा अन्त्येष्टि गरिएको छ । पत्रकार यादवले आफ्ना पितालाई मुखाग्नी दिएका छन् ।
अन्तिम संस्कारमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका पूर्व अध्यक्ष प्रकाश खतिवडा, पत्रकार हेमशंकर सिंह, अनिल कुमार पोखरेल, राजनीतिक दलका प्रतिनिधी, समाजसेवी, स्थानीयवासिन्दा समेतको सहभागिता रहेको थियो । पत्रकार यादव सगरमाथा आवाज, ग्रीन मधेश लगायतका सञ्चारमाध्यममा कार्यरत छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले शनिवारै शोक वक्तब्य जारी गर्दै दुःख व्यक्त गरेका छन् । दिवङ्गत आत्माको चीर शान्ति तथा शोक सन्तप्त परिवारजनलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी कामना सहित उनले हार्दिक समवेदना प्रकट गरेका छन् ।