Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

महिलाहरुलाई सशक्त बनाउन ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’

महिलाहरुलाई सशक्त बनाउन ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, ३ साउन । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले महिलाहरुलाई सशक्त बनाउने उद्देश्यकासाथ ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’ ल्याएको बताएका छन् ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्वर २ स्थित माध्यमिक विद्यालय निगौलमा आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री राउतले पितृसतात्मक समाजका कारण विभेदमा परेका महिलाहरुलाई शिक्षित बनाई समाजको हरेक तह तप्कामा स्थापित गराउने लक्ष्य आफुहरुले राखेको उनले प्रष्ट्याए ।
उनले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण, माघ ५ गते यता जन्मिएका बालिकाहरुकोलागि शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालय निर्माण, महिलाहरुको लोकसेवा कक्षाको तयारी जस्ता कार्यक्रमहरु निरन्तर रुपमा अघि बढिरहेको जानकारी दिए ।
महिलाहरुलाई शिक्षित नबनाएसम्म समृद्धिको लक्ष्य प्राप्त गर्न सम्भव नरहेको उल्लेख गर्दै उनले प्रदेश सरकारको यस महाअभियान सहभागिहरु स्थानीय सरकार, समाजिक संघ संस्था, अभिभावक सहितका आग्रह समेत गरे । प्रदेश सरकारले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश प्रहरी, निजामति सेवामा ५० प्रतिशतको आरक्षण गर्ने देशकै पहिलो प्रदेश बनेको बताए ।
कार्यक्रममा कक्षा ८ मा अध्ययनरत उक्त विद्यालयका ४३ जना छात्राहरुलाई साइकल उपलब्ध गराईएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश सभा सदस्य भरत प्रसाद साह, समाजसेवी एवं समाजवादी पार्टीका नेता लक्ष्मी महतो, केन्द्रिय सदस्य नवल यादव, समाजवादी पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र यादव, विनोद महतो सहितको उपस्थिति थियो ।
यस अघि मुख्यमन्त्री राउतले गौशाला नगरपालिका स्थित बान्ह टोलमा भएको कटानको निरीक्षण, गौशाला माध्यमिक विद्यालयमा समाजसेवी लक्ष्मी महतो निजी लगानीमा निर्माण हुने द्वारको शिलान्यास, प्रदेश सरकारको लगानीमा दूर्गा मन्दिरमा भएको सौन्दर्यीकरणको निरीक्षणका साथै गौशाला स्थित मस्जिद र मदरसाको निरीक्षण समेत गरे ।

Online Saptari

About The Author

%d bloggers like this: