Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सिङ्गो बलान विहुल झिलिमिली तर सदाय बस्ती मात्रै अँध्यारो

सिङ्गो बलान विहुल झिलिमिली तर सदाय बस्ती मात्रै अँध्यारो

राजविराज, ०३ साउन । मन्दिर छिर्ने, उपल्लो जातसँग सँगै बसेर भोज खाने, जन्मदर्ता गराउने र केटाकेटीलाई विद्यालय पठाउने मुद्दामै लागेर सप्तरीका दलित समूदायको दशकौं बित्यो । मुलुक संघीयतामा गएसँगै झण्डै २० वर्षको लामो अन्तरालपछि सिंहदरवारको अधिकारसहित गाउँगाउँमा सरकार आएसँगै उनीहरु खुशी भए ।
आफ्नै गाउँ ठाउँमा सरकार भएपछि दलित समूदायको हकअधिकार प्राप्त हुने, विकास निर्माणले तिव्रता पाउने तथा दलित समूदायलाई जातकै कारणले थिचोमिचो सहनु परेको समस्याबाट मुक्ति पाउने भन्ने अपेक्षा जोडियो । तर, दलितहरुको हक अधिकारका कुरा त परै जाऔंस्, स्थानीय सरकारले नै दलित समूदायलाई काखापाखा गर्न थालेपछि बलान बिहुल गाउँपालिका–५ सदाय (मुसहर) टोलका ५० परिवार दलित समूदाय अध्याँरोमा बस्न बाध्य भएका छन् ।

‘आफुहरुको पीडा दुरदराजमा रहेको सरकार समक्ष पु¥याउन नसक्दा वर्षौदेखि हेपिएरै बसेका थियौ, अब त गाउँमै आएको सरकारको पनि मनसाय नै गलत देख्दा दलित भएर किन जन्मिए भनेर पछुतो लागिरहेको छ ।’

‘केटाकेटीले मोबाईलमा बलान बिहुल गाउँपालिकाभरी विद्युतीकरण भयो भनेर समाचार देखाउँदा मन दुख्यो’ डोमा सदायले भने–‘अब त शंका पो लाग्न थाल्यो, हामीहरु गाउँपालिकाभित्र पर्छांै कि पर्दैनौं ।’ गाउँपालिकाभरि विद्युतीकरण भईसकेको हो भने आफुहरु पनि पर्नुपर्ने हो नि, उनले थपे ।
पोल गाडेको दुई वर्षबढी भईसकेको भन्दै उनले तार लगाएको पनि छ महिना वितिसकेको बताए । तर, दलित भएकै कारण आफुहरुको बस्तीमा विद्युत सुचारु गर्न स्थानीय सरकारले अनाकानी गरिरहेको सदायले गुनासो गरे । पटक पटक गाउँपालिका कार्यालय पुगेर भन्दा पनि आजभोली गर्दा गर्दै छ महिना भईसक्दा समेत वेवास्ता गरिरहेको उनले बताए ।
स्थानीय सोमित सदायले छिमेकी गाउँमा झिलीमिली बत्ती बलेको हेर्दा आफुहरुलाई पनि घरमा बत्ती बाल्न रहर लाग्छ, तर अझै बत्ती बल्छ कि बल्दैन् ? कुनै टुङ्गो नै नरहेको बताए । ‘गरिब दलितमाथि कसैको ध्यान पुग्दैन्’ उनले भने–‘ठुलो सपना छ, घरमा बिजुली बत्तीको उज्यालोमा केटाकेटी पढिरहेको हेर्ने ।’
वडाभरि बत्ती नहुँदा जसोतसो गरी बसेकै थिए, तर अहिले आफ्नो वस्ती बाहेक सारा वडाभरि बिजुली बलिरहेको हेर्दा गरिब र त्यसमाथि पनि दलित हुनुमा पछुतो लागिरहेको उनले दुखेसो गरे । ‘गरिब र त्यसमाथि पनि दलित हुनु अभिश्राप नै हो’ उनले भने–‘आफुहरुको पिडा दुरदराजमा रहेको सरकार समक्ष पु¥याउन नसक्दा वर्षौदेखि हेपिएरै बसेका थियौ, अब त गाउँमै आएको सरकारको पनि मनसाय नै गलत देख्दा दलित भएर किन जन्मिए भनेर पछुतो लागिरहेको छ ।’ उनले २ सय सर्वसाधारणको बसोबास रहेको सदाय बस्तीमा विद्युत सुचारु गराईदिनेतर्फ ध्यान पु¥याईदिन्हुन् सम्वन्धित सवै पक्षमा आग्रह समेत गरे ।
उक्त विषयमा गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले विपक्षी पक्षको अवरोधका कारण दलित बस्तीसम्म विद्युत सुचारु गर्न ढिलाई भएको बताए । बस्तीमा विद्युत सुचारु गर्न पहल भईरहेकोले केहिदिनभित्र सुचारु भईसक्ने जानकारी समेत दिए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।