• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका इन्जिनियर आइसिटी अवार्ड २०१९ को टप फाइवमा

विजेता बनाउन भोटिङ्गकालागि आग्रह
सप्तरीका इन्जिनियर आइसिटी अवार्ड २०१९ को टप फाइवमा

राजविराज, ३ साउन । डिजिटल सूचना प्रविधीको क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्दैआएका सप्तरीका युवा इन्जिनियर आदित्यराज यादव आइसिटी अवार्ड २०१९ को प्रतिष्पर्धामा टप फाइवमा परेका छन् ।
लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ आयोजना हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत स्टार्टअप आइसिटी अवार्डकालागि आदित्यले सञ्चालन गर्दैआएको ई–डिजिटल नेपाल प्रा.लि.उक्त प्रतियोगितामाकालागि आफ्ना प्रतिष्पर्धीहरुलाई उछिन्दै उत्कृष्ट पाँचमा परेका हुन् । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–८ निवासी कर्मचारी शहीद प्रभुनारायण यादवका कान्छो छोरा आदित्य डिजिटल सूचना व्यवस्थापन प्रणालीको क्षेत्रमा नयाँ एप्प एवम् सफ्टवेयर बनाएर उनी देशमै चर्चित युवा इन्जिनियरको रुपमा चिनिन्छन् । देशैभरिका टप २५ बाट टप ११ तथा हाल उत्कृष्ट पाँचमा पर्न सफल भएको उनका दाजु राधेश्याम यादवले जानकारी दिएका छन् ।
उनले सञ्चालन गरेको ई–डिजिटल नेपाल प्रा. लि. नेपालको शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणालीलाई कम गरी डिजिटल सूचना व्यवस्थापन प्रणाली सुरु गर्ने अभियानमा सक्रिय रहेको छ । २०७५ को वैशाखमा स्थापना भएको कम्पनीले छोटो समयमै चार सय भन्दा बढी स्कुललाई स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम सफ्टवेयरबाट सफलताका साथ डिजिटलाइज गरिसकेको छ ।
स्टार्टअपको हेड अफिस काठमाडौंमा रहेको छ भने प्रदेश नम्वर १ को इटहरीमा शाखा खोलिएको छ । प्रदेश १, २, ३, ६ र ७ गरी नेपालका ३० जिल्लामा यसले आफ्नो ग्राहक विस्तार गरिरहेको छ । यो कम्पनी नेपालको शिक्षा पद्धतिलाई परिवर्तन गर्दै शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय र सरकार सबैका लागि साझा प्लाटफर्म बन्ने प्रयासमा जुटेको छ । इन्नोभेटिभ सोलुसन्सका लागि आइटी क्षेत्रमा ५ वर्षयता काम गरिरहेको टिमले यो स्टार्टअप हाँकिरहेको छ ।
ई. आदित्यले प्रदेश २ सरकारको महिला सुरक्षा एप्प, बेटी बचाउ बेटी पढाउ सहितका एप्पहरु तयार पारेका छन् । गतवर्ष आयोजित प्रतियोगितामा स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८ को उप–विजेता भएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाट २ लाख नगद एवम् अवार्डबाट सम्मानित गरिएको थियो ।
यसवर्षको आइसिटी अवार्ड २०१९ मा उत्कृष्ट पाँचमा परेका उनलाई विजेता बनाउन मोबाइलबाट आइसिटी स्पेस १०१ टाइप गरी ३१००७ मा पठाएर ( क्ष्ऋत् ज्ञण्ज्ञ क्भलम घज्ञण्ण्ठ० भोटिङ्ग गर्न सकिनेछ । यसका साथै ष्अतबधबचम।यचन मा गएर अनलाइन भोटिङ्ग गर्न सकिनेछ । भोटिङ्ग प्रक्रिया साउन १६ गतेसम्म सुचारु रहने भएकोले आ–आफ्नो सुविधा अनुकुल मोबाइल तथा अनलाइनबाट ई. आदित्यलाई भोटिङ्ग गर्न उनका दाजु राधेश्यामले सबैमा आग्रह गरेका छन् ।