Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

हेलिकोप्टर उपलब्ध गराउन संघीय सरकारसँग मांग

हेलिकोप्टर उपलब्ध गराउन संघीय सरकारसँग मांग

जनकपुरधाम, १ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको उच्च स्तरीय टोलीले बुधबार प्रदेश नम्वर २ को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
बुधबार विहान सेनाको हेलिकप्टरबाट प्रदेश २ को निरीक्षणमा निस्केको उक्त टोली रौतहट, सर्लाही, महोत्तरी, सप्तरी, सिरहाको स्थलगत निरीक्षण गर्दै प्रदेशको राजधानी जनकपुर पुगेको थियो । उक्त टोलीले बाढीबाट परिस्थिति, राहत तथा उद्धारको अवस्था र दिर्घकालिन व्यवस्थापनबारे प्रदेश सरकारसँग जानकारी समेत लिएका छन् ।
बाढीको अवस्था र राहत तथा उद्धारबारे टोलीलाई जानकारी गराउँदै मुख्यमन्त्री राउतले बाढी आए लगतै प्रदेश सरकारले राहत तथा उद्धारको लागि तत्काल विपद व्यवस्थापन समितिलाई १० ÷१० लाख रुपैया उपलब्ध गराएको, मृतकको परिवारलाई ३ लाखको दरले राहत दिने गरिएको घोषणा गरिएको बताए ।
उनले प्रदेश नम्वर २ विपदको हिसाबले अत्यन्त जोखिममा रहेकोले तत्काल प्रदेश सरकारलाई एउटा हेलिकोप्टर उपलब्ध गराउन संघीय सरकारसँग मांग गरे । प्रदेश सरकारको व्रिफीङ्ग पछि उपप्रधानमन्त्री यादवले विपद व्यवस्थापनमा तीन तहका सरकारलाई समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले बाढी पहिलो दीर्घकालिन व्यवस्थापनको चुरे संरक्षणमा विशेष जोड दिनु पर्ने, चुरे क्षेत्र भएर राजमार्ग जस्ता सडकहरुको निर्माण निषेध गर्नुपर्ने, मानव वस्ती क्रमशः घटाएर वृक्षारोपण गर्नु पर्नेमा जोड दिए ।
निरीक्षण टोलीमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, गृहमन्त्री राम बहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, सांसदहरु अनिल झा, प्रभु साह सहितको सहभागिता रहेको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।