• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

बाढी पीडितलाई मन्त्री शैलेन्द्र साहद्वारा एक लाख रुपैयाँ सहयोग

बाढी पीडितलाई मन्त्री शैलेन्द्र साहद्वारा एक लाख रुपैयाँ सहयोग

राजविराज, ३० असार । प्रदेश नम्वर २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बाढीपीडितकालागि आफ्नो पारिश्रमिकबाट एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
मन्त्री साहले सोमवार आफ्नो निजी पारिश्रमिकबाट एक लाख रुपैयाँ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयलाई उपलब्ध गराएका हुन् । वर्षा र बाढीले तिलाठी कोइलाडी गाउँपालिकाका वासिन्दा अत्यधिक प्रभावित भएको भन्दै उनले उक्त रकम विपद व्यवस्थापन कोषमा बैंकमार्फत पठाएका छन् ।
विगत केही दिनयताको बर्षा तथा खाँडो, महुली, जिता र कोशीनदीको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएको छ । तिलाठीमा करिब एक दर्जन घर बाढीको कारण भत्किएको छ ।