• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

डा. अशोक आर्यनको ‘प्रिया हमरा प्यार भ गेल’ सार्वजनिक

डा. अशोक आर्यनको ‘प्रिया हमरा प्यार भ गेल’ सार्वजनिक

राजविराज, ३० असार । मैथिली म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेर चर्चा आएका सुपर मोडेल डा. अशोक आर्यन यादवको अर्को नयाँ भिडियो सार्वजनिक भएको छ ।
उनले अभिनय गरेको म्युजिक भिडियो पछिल्लोपटक आइतवार ‘प्रिया हमरा प्यार भ’ गेल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको हो । ‘जिन्दगी शनिवार’ नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ ।
मैथिली गायक दिलिप कुमार र अन्जु यादवको सुमधुर स्वरमा सजिएको उक्त गीतमा डा. अशोक आर्यनलाई चर्चित मोडेल लजिना सुवेदीले साथ दिएकी छिन् । म्युजिक भिडियोको निर्देशन रणधीर श्रेष्ठले निर्देशन गरेको छन् ।
उक्त म्युजिक भिडियोमा सङ्गीत संयोजन शैलेन्द्र विश्वकर्माले गरेका छन् । ‘प्रिया हमरा प्यार भ’ गेल’ मा सप्तरी जिल्लाकै अधिकांश प्राकृतिक एवम् मनोरम स्थलहरुमा छायाङ्कन गरिएको छ । गीत रचना सरोज मण्डलले गरेका छन् । सम्पादन एवम् छायाङ्कन रणधीर श्रेष्ठले गरेका छन् ।