• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गोबरगाढामा अझै पुगेन उद्धार तथा राहत टोली

सिडियो भन्छन् ‘छिट्टै टोली पुग्ने तयारी भईरहेको छ’
गोबरगाढामा अझै पुगेन उद्धार तथा राहत टोली

राजविराज, २९ असार । बाढीले बस्ती डुवान भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा अझै उद्धार र राहत टोली पुग्न सकेको छैन् ।
टोली नपुग्दा बस्तीका ४ सय परिवारको जनजीवन कष्टकर बन्न पुगेको हो । चार दिनदेखि घर डुवान भएर सर्वसाधारणहरु त्रासपूर्ण अवस्थामा स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । तथापी स्थानीय सरकारदेखि जिल्ला दैवी प्रकोप उद्धार समिती लगायत सम्वन्धित क्षेत्रमा कार्यरत संघसंस्थाहरुको टोली हालसम्म ध्यान पुग्न सकेको छैन् ।
‘चार दिनदेखि बस्तीका सवैजसो घर डुबान भएको छ’ स्थानीय हरिनारायण यादवले भने–‘तर अझै कसैको ध्यान पुग्न नसक्दा त्रास र आशमा बस्दै आएका छन, यहाँका सर्वसाधारण ।’ उनले अझै पानी पूर्णरुपमा नरोकिएकोले आफुहरुमा त्रास बढेको बताए ।
‘बजारसम्म जाने अवस्था पनि नरहेकोले सर्वसाधारणहरुसँग रहेको खाद्यान्न पनि अब सकिने अवस्था आईसकेकाले आफुहरुलाई तत्काल उद्धार गरी सुरक्षित ठाउँमा पु¥याउन जरुरी छ’ उनले भने–‘तर नगरपालिकामा मोवाइलबाट सम्पर्क गर्दा आश्वासन पाएपनि केही व्यवस्थापन भने गरेको छैन् ।’
उनले यस्तो विपद्को वेला पनि स्थानीय सरकारदेखि सम्वन्धित निकायको मौनता देखेर आफुहरु नेपाली नागरिक नै हो कि होइन भनेर दुविधा बढेको बताए । ‘विपद्को वेला सधै यस्तै गर्छन्’ उनले भने–‘डुबान क्षेत्र नै हो, तर अरु विकल्प पनि छैन् नि त ।’ गरिबी जीवन चलाउन के कति पीडा खेप्नुपर्छ, महलमा बस्नेहरुलाई के थाहा ? त्यसैले आफुहरुको समस्यामा कसैले गम्भिरता नदेखाएको यादवले दुखेसो गरे ।
वडाध्यक्ष विन्देश्वर यादवले यहाँका सर्वसाधारणहरु ज्यादै समस्यापूर्ण अवस्थामा ४ दिनदेखि विद्यालयमा आश्रय लिएर बस्दै आएको बताए । आफुले उद्धार तथा राहतकालागि नगरपालिकादेखि सिडिओ कार्यालयसम्म गुहार मागेको उनले जानकारी दिए ।
‘नगरपालिकाका मेयर शैलेशकुमार साहलाई गोबरगाढावासीको समस्याका विषयमा पटक पटक अवगत गराए, तर ध्यान दिनुभएन्’ उनले भने–‘हुन्छ, हुन्छ भन्दाभन्दै पनि चारदिन भएपनि उद्धार तथा राहतको कुरा त परै जाओंस, हेरविचारकालागि एउटो टोली पनि पठाएको छैन् । सिडिओबाट पनि आश्वासन मात्रै पाएको वडाध्यक्ष यादवले गुनासो गरे । उनले उद्धार तथा राहतकालागि सम्वन्धित सवै पक्षमा आग्रह पनि गरे ।
यता, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बाढीले पीडित बनाएकाहरुको उद्धार तथा राहतकालागि जिल्लाभरि नै टोलीहरु खटाइएको बताए । उनले गोबरगाढा पनि छिट्टै टोली पुगिसक्ने जानकारी गराए । निरन्तरको वर्षाले शुक्रवार राति एक दर्जन नदी तथा खोलामा आएको बाढीले सप्तरीमा २ हजारबढी घर डुवान भएको छ भने ५ परिवार प्रभावित भएका छन् । सप्तकोशी, खाँडो, सुन्दरी, त्रियुगा र महुली नदी तथा खोलामा आएको बाढीले सप्तकोशी, हनुमाननगर कंकालिनी र कंचनरुप नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बढी घर डुवान भएको छ ।
यसैगरी, वलान, विहुल र खडक नदी तथा खोलामा आएको बाढीले बोदे वरसाइन नगरपालिका र वलान विहुत गाउँपालिकाका केही वडाहरु डुवान भएको छ ।