• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राहत वितरणमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन

राहत वितरणमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम, २९ असार । बाढीबाट प्रदेश नम्वर २ मा आएको विपद व्यवस्थापनबारे मुख्यमन्त्री लालबाबु राउतले सुरक्षानिकायसँग बैठक आयोजना गरी छलफल गरेका छन् ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशमा बाढीबाट भएको जनधनको क्षतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका छन् । विपद् व्यवस्थापनमा खटिएको सुरक्षा निकायको लागि लाइफ ज्याकेट, सोलार चार्जर उपकरण, रबर बोट लगायतको उद्धार सामग्रीको व्यवस्थापन गर्नुपर्ने धारणा सुरक्षा निकायका प्रमुखहरुले राखेका छन् ।
उद्धार पश्चात राहत वितरण कार्यलाई प्रभावकारी तरिकाले अगाडि बढाउन मुख्यमन्त्री राउतले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । बैठकमा प्रमुख सचिव दीपक सुवेदी, मन्त्रालयहरुका सचिव, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुको उपस्थिति थियो ।
प्रदेश सरकारले राहत वितरणको लागि आठै जिल्लाका विपद् व्यवस्थापन समितिलाई १० लाख लाख तथा मृतक परिवारलाई तीन लाख आर्थिक सहयोग गर्ने निर्णय यसअघि गरेको थियो ।