• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश सरकारद्वारा बाढीबाट मृत्यु हुने परिवारलाई ३ लाख दिने घोषणा

प्रदेश सरकारद्वारा बाढीबाट मृत्यु हुने परिवारलाई ३ लाख दिने घोषणा

जनकपुरधाम, २८ असार । प्रदेश नम्वर २ को सरकारले बाढी पहिरोमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही तीन लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
केही दिन यताको अविरल वर्षाले प्रदेश अन्तर्गतका जिल्लाहरुमा जनजीवन अक्रान्त हुँदै गएको बेला शनिवार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १० लाख रुपैया उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
मन्त्री परिषद्को बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिदै राहत तथा उद्धारमा जुटन प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ । बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मंगाउने पहल भई रहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन् ।