• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज नपाका जनप्रतिनीधिहरु असन्तुष्ट

आन्दोलनमा उत्रे चौध जना वडा सदस्य
राजविराज नपाका जनप्रतिनीधिहरु असन्तुष्ट

राजविराज, २८ असार । सप्तरीको राजविराज नगरपालिकाको कार्यशैली एवम् नीति तथा कार्यक्रमको प्रक्रिया विरुद्ध वडा सदस्यहरुले वहिष्कार गर्दै आन्दोलनमा उत्रेका छन् ।
नगरपालिकाका असन्तुष्ट १४ जना सदस्यले शनिवार पत्रकार सम्मेलन मार्फत परिषद् वहिष्कार गर्नुको कारणबारे जानकारी गराएका हुन् । सरसफाईको नाममा हालसम्म करोडौं रुपैयाँ खर्चिए पनि सरसफाई हुन नसक्दा फोहोरले गर्दा कुरुप बनेको पत्रकार सम्मेलनमा जनाईएको छ । विकास निमार्ण कार्यको नाउँमा व्यापक आर्थिक अनियमिता भईरहेको, निर्माण स्थलहरुमा होडीङ्ग बोर्ड नहुनु, सार्वजनिक लेखा परीक्षण नहुनु, बन्दकोठामा उपभोक्ता समिति गठन हुनु, स्थानिय वास्तविक उपभोक्ताहरुलाई विना सूचना आसेपासेहरुलाई उपभोतmा समिति गठन गरी काम गराउनु, त्यस्ता कामहरु गुणस्तरिय नहुनु, पब्लिक विन्देश्वरी मा.वि.मा निमार्णाधिन सरस्वती मन्दिर, राजविराज वडा नम्वर १ को रा.प्रा.वि.सरस्वती मन्दिरको निर्माणमा लाखौको अनियमितता भएको उनीहरुको आरोप छ ।
पत्रकार सम्मेलनमा वडा सदस्य पार्थो सरकारले भने ‘होडिङ्ग बोर्ड छ, नत योजना नक्शा छ, एक जना स्थानिय युवाले राजविराज नगरपालीकाको ध्यानाकर्षण गराउँदा समेत केही परिवर्तन नदेखिएकोमा हामी निर्वाचित जनप्रतिनिधीहरु र नगरवासीको विश्वास यस नगरपालीकाको कार्यालयबाट उठीरहेको छ, माथिसम्म कमिशनको खेल भएर नै त्यस्ता हजारौ निर्माणधिन कार्यहरुको ढाकछोप भईरहेको छ ।’ उपमेयरको नेतृत्वमा वडाहरुमा हुने अनुगनमा सम्बन्धित वडाको सदस्यहरुलाई अनुगमनमा सहभागी नगराउने, अनुगमनको नाउँमा हालसम्म खर्च भएको रकम सार्वजनिक उनीहरुको भनाई छ ।
राजविराज नगरपालिकाको कार्यप्रति आम जनता सन्तुष्ट नरहेको, ढिला सुस्ती, भोलीवादी र नगरपालिका कार्यालय परिषरभित्रै खुलेआम पैसाको बार्गेनिङ्ग जस्ता तितो सत्य रहेको वडा सदस्य सरकारले बताए । राजविराज नगरपालिका वडा नम्वर ६ का जन निर्वाचित वडा सदस्य राजकुमार चौधरी, बद्रीनारायण यादव, महिला सदस्य चना देवी सदा र दलित सदस्य गंगिया देवी साफीले दर्ता गराएका निवेदन उपर कुनै पहल नहुनुले जननिर्वाचित वडा सदस्य आफै पीडित भएको जनाईएको छ ।
राजविराज नगरपालिका वडा नम्वर ४ का वडा सदस्य रोशन अन्सारी, वडा नम्वर ३ का वडा सदस्यहरु सुशील गुप्ता, फुरकान अहमद खाँ, दलित महिला सदस्य सोनी कुमारी रजक समेतले वडामा भईरहेको पक्षपातको विरुद्घमा एवम् वडा अध्यक्षहरुले आफ्नो मनोमानी खुसी योजना फेरबदल, प्राथमिकीकरणको आधारमा आएको योजनाहरुलाई परिवर्तन गर्ने खुलेआम कमिशन उठाउने जस्ता विरुद्घमा संघर्ष गरिरहँदा पनि कुनै किसिमको निकास नभएको उनले बताए ।
वडा कार्य समितिको विना निर्णयबाट वडा स्तरीय विकासीय कार्य र प्रशासनिक सञ्चालन खर्चमा भुक्तानी कार्यहरु भईरहेको, वडा कार्य समितिको विना निर्णयबाट भएको भुक्तानीहरुको छानविन गरी दोषीलाई कार्वाही गर्न समेत उनीहरुले माग गरेको छ । पञ्चायती व्यवस्थामा जस्तै वडा सदस्यहरुलाई अन्धकारमा राखी परिषदको समयमा विभिन्न लोभ प्रलोभनमा पारी एवं विगतको परिषद्हरुमा वडा सदस्यहरुवाट खाली रजिष्टरमा हस्ताक्षर गराएकोमा सो निर्णय पुस्तिकामा के के लेखिएको छ सो विषयमा विस्तृत जानकारी गराउन माग गरिएको छ ।
सडक बिजुली बत्तीको नाउँमा लाखौको भ्रष्टाचार भएको, लामो कामको अनुभव रहेको सामाजिक परिचालकहरुलाई निरन्तरता दिनुपर्ने, रुपनी जाने सडकमा राजविराज वडा नम्वर ९ निर भईरहेको निमार्णाधिन सहिद गेट चाँडो निर्माणमा पहल हुनुपर्ने, वडा नम्वर १ को कार्यालय नगरपालिकामा हुँदा सेवाग्राहीहरुलाई सेवा लिन कष्ट भईरहेको पत्रकार सम्मेलनमा जनाईएको छ । पार्थो सरकार, बद्रीनारायण यादव, रोशन अन्सारी, बद्रीनारायण यादव, फुरकान अहमद खाँ, राजकुमार चौधरी, सुशील कुमार गुप्ता, खेलानन्द यादव, सोनी कुमारी रजक, सिमा रजक, भुपनारायण यादव। चना देवी सदा, गंगियाँ देवी साफी र अशियावती देवी विश्वकर्माले संयुक्त रुपमा राजविराज नगरपालिका विरुद्ध संघर्षमा उत्रेका छन् ।