Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

आमाको काजकिरियाले उठाएको प्रश्न

आमाको काजकिरियाले उठाएको प्रश्न
Bwtech New Add With Software & Bull SMS
रामरिझन यादव

रामरिझन यादव
अध्यात्मवादको अनुसार इश्वरले मानिसलाई बनाएका हुन् । ब्रह्मा यसका सृिष्टकर्ता हुन् । तर पूर्व प्रधानमंत्री डा बाबुराम भट्टराईको दृष्टिकोणमा इश्वरले मान्छेलाई होइन, मान्छेले इश्वर बनाएका हुन् । विज्ञानको आविष्कार हुनुभन्दा पहिले इश्वरको अविष्कार भयो र त्यो माँछेले नै पहिला त्यो अविष्कार गरे । त्यसैले इश्वरलाई देखाएर उनी समस्त प्राणीमाथि आजसम्म शासन गर्दै आएका छन् । वास्तवमा मानिसले नै युगानुकूल महानकार्यको सम्पादन गरि इश्वरत्व ग्रहण गरेकोले मानिस भन्दा पहिले इश्वरको उत्पत्ति कदापि हुन सक्दैन भन्ने उनको ठोकुवा सही छ । अस्ति विराटनगरमा आयोजित आमा जगियादेवी यादवको श्रद्धान्जली सभामा “मृत्यु र मृत्यु संस्कर” अध्येय विषयमा आफ्नो प्रवचन दिदै डा भट्टराईले माथिकुनै अदृश्यशक्ति छैनन् । जे जति छन् पृथ्वीमा नै छन् वात्यसको वरिपरि छरिएर रहेका छन् । त्यसैले आफ्नो अध्यात्मिक बुयालाई चार मात्र होइन, पा“चौ कैलाश मानसरोवरधाम समेत घुमाइसकेकोबताए । हो पनि † माथि के नै छ र † तर सही अर्थमा भन्ने हो भने के छैन र माथि † सबैथोक त माथि नै छ । सूर्य र वायुमण्डल नभएको भए पृथ्वीमा जीवन असम्भव हुन्थ्यो । जीवन नै असम्भव भएपछि मानिसको उत्पत्तिको परिकल्पना गर्न सकिन्थ्यो होला । त्यसैले आज भन्दा पा“चहजार वर्ष पहिले लेखिएको हिन्दू धर्माबलम्बीको मूलग्रन्थ वेदमा काजकिरियाको सन्दर्भमा जे जति बखान गरिएको छ त्या ेअहिलेको कर्मकाण्डीभन्दा सर्वथा भिन्न छ । बाबुरामले भनेजस्तै विज्ञानमूलक छ । किनकी त्यो वेद कुने देउताले लेखेको होइन । मान्छेले लेख्याहो । त्यसैले मैले बाबुरामको अभिमतलाई आत्मसात गरि आमाको काजकिरिया तिनै वैदिक रितिअनुसार सम्पन्न गरे ।
भाइहरुले मेरो भावनालाई कदर गर्दै समन्वयात्मक बाटो अपनाए र १३ दिनको विकल्प चार दिनलाई रोजे । आमा विराटनगरमा विते पनि काजकिरिया गाउ“ सन्हैठामा नै सकें । त्यो किन आवश्यक थियो भने योभन्दा पहिले कान्छी आमा र बुवाको काजकिरिया चार दिनमा नै सम्पादन गर्दा मेरो परिवारले समाजबाट वहिष्करणको मार खेप्नु परेको थियो । त्यसैको निरन्तरतालाई ध्यानमा राखी गाउ“लाई रोजे । विराटनगरमा आमा वितेकोले प्रवचन कार्यक्रम गरेर यहा“को समाजलाई सम्बोधन गर्ने प्रयास गरे तर आफूलाई बौद्धिक कहलाउने कतिपय व्यक्ति कर्मकाण्डी सोचभन्दा अलिकति पनि माथि उक्लिन नसकेको देखियो ।
नेपाली समाजकर्मकाण्डी छ भन्ने कुरामा दुईमत छैन । तर २१ औं शताब्दीमा पनि सोह्रौ शताब्दीको भाषा प्रयोग गर्यो भने पत्याउन गाह्रो पर्छ । किनकी पा“च सय वर्षको इतिहासमा विज्ञानले धेरै चमात्कारपूर्ण आविष्कारहरु गरिसकेका छन् । जसमाथि ध्यान नपुर्याई कर्मकाण्डी भाषा प्रयोग गर्यो भने यो सर्वथा झूठको खेती हुन्छ । अहिलका कतिपय पुरोहितहरुले त्यही झूठको खेती गरेर वेदका श्लोकहरु बेचिरहेका छन् । वेद विभिन्न समयमा रचिएकोले त्यसमा विविधता हुनु स्वभाविक हो । तर वेदमा लेखिएको वाक्यलाई गलत रुपमा अर्थाइदै आएको तथ्य पनि लुकेको छैन । संस्कृत सबै भाषाको जननी भए पनि हाम्रो समाजको ९९.९ प्रतिशत मानिस यो भाषाबाट अनभिज्ञ छन् । तसर्थ पुरोहितहरुले जे भन्छ त्यही सर्वमान्य हुन्छ । उदाहरणको लागि यजुर्वेद(४०÷१५) श्लोकमा भनिएको छ –“ऊ“बायुरनिलममृतमथेदं भष्मान्तं शरीरम् ,ऊ“ क्रतोस्मर क्लिबेस्मर कृतेस्मर ।”यसको अर्थ हो –वैदिक आर्य समाजले व्यक्तिको प्राण वायुमालीन भएपछि अन्तमा स्थुल शरीर भष्म रुपमा परिणत गराइने हुनाले मरणपछि श्राद्ध कर्मको विधिबाट दिइने पिण्डदानको आवश्यकता पर्दैन । वास्तवमा वैज्ञानिक दृष्टिले पनि मृतकले पाउने कुनै सम्भावना छैन भनेको छ । तर पुरोहितहरुले यस मन्त्रको विशेष रुपमा परस्पर विरोधाभाषपूर्ण व्याख्या र विश्लेषण गरेको पाइन्छ । र, हामीले पनि यसै मन्त्रको पौराणिक व्याख्यानुसार क्रियाक्रम गर्दै आएका छौं । (नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा विद्वानशंकर पोखरेलद्वारा प्रस्तुतकार्यपत्र –सनातन मृत्यु संस्कारमा सुधारको आवश्यकता र शास्त्रीय आधार )
हिन्दू धर्मको मूलआधार वेद हो । यसलाई हिन्दू धर्मको जननी पनि भनिन्छ । तर वेदपश्चात् रचना गरिएका उपनिषद, पुराणहरु, धार्मिक साहित्य तथा कर्मकाण्ड लगायतका ग्रन्थहरुले हिन्दू धर्मको महिमा मण्डित गर्दा धेरै यस्ता विषयहरु समावेश गरेका छन् । जसले कतिपय अवस्थामा धर्मलाई विकृत पारेका छन् । विसंगतीहरु उब्जाएका छन् । सनातन मृत्यु संस्कारलाई अहिले जुन रुपमा अपनाइएको छ र जसरी यसको कार्य सम्पादन गरिन्छ त्यो हिन्दू धर्मजस्तो लचिलो र समन्वयात्मक प्रकारको छैन । युगानुकूल पनि हुन सकिरहेको छैन । त्यसैले यसमा संशोधन हुनु आवश्यक देखिन्छ भन्ने आवाज चारैतर्फबाट उठ्न थालेको देखिन्छ । आफ्नो धर्म र संस्कृतिको मूलतत्वलाई समयानुकूल परिमार्जन गर्दै काजकिरियालाई छोट्याउँदा कहीकतै हिन्दूधर्मले बाधा अड्चन खडा गरेको देखिन्न । महामुनीहरुको भनाईलाई उद्धृत नै गर्ने हो भने कतिपय अवस्थामा हामी त्यो कार्यलाई सजिलैसँग सम्पादन गर्न सक्छांै ।
महामुनीपारस्करले धेरै ठाउ“मा मृत्यु संस्कारलाई खुकुलो पार्दै आफ्ना सूत्रहरु उधृत गरेका छन् जसलाई हिन्दू धर्मावलम्बीहरुले आत्मसात गर्नु आवश्यक देखिन्छ । त्रिरात्रंशावमाशौचम् दसरात्रमित्यके । अर्थात् मरण अशौच तीन रातसम्म हुन्छ । तर तीनरातको विकल्पमा दसरातसम्म शोक जुठो बार्न सकिन्छ । यसले के देखाउछ भने महामुनीतीनदिनको पक्षमा हुनुहुन्छ । महामुनीले फेरि अर्को ठाउँमा भनेका छन् – “त्रिरात्रं ब्रह्मचारिणोधःशयिनो न किञ्चनकर्मकुर्युर्न प्रकुर्वीरन ।”अर्थात् कर्ता पुरुष तीन रातसम्म धरतीमा सुतोस् ः ब्रह्मचर्यको पालन गरोस् ः स्वयं कुनै लौकिककर्म नगरोस् र अरुबाट पनि कुनै काम नगरायोस् †
शोक जुठोको सम्बन्धमा महामुनी पराशरको अभिमत यस्तो छ – “दिनत्रयेन शुद्धयन्ति ब्राह्मणः प्रेत सुतके” अर्थात् ब्रह्मणहरुको शोक जुठो तीन दिनमा नै शुद्ध हुन्छन् । त्यस्तै मिथिलाञ्चलका महामुनी यज्ञबल्क्य, जसले शुक्लयजुर्वेद नामको विख्यात पुस्तक लेखे, उनले भनेका छन् – “त्रिरात्रं दशरात्रं वाशावमाशौचमिष्यते” अर्थात् मृत्युको अशौच तीन वा दस रातसम्म हुन्छ । कतिसम्म भने हिन्दू धर्माबलम्वीहरुले सबैभन्दा बढी मन पराएका पुस्तक मनुस्मृतिमा समेत तीन दिनसम्मशोक जुठो बार्न उल्लेख गरेका छन् । मनुस्मृति ५।७३ सूत्रमा लेखिएको छ –
“अक्षारलवणान्नाः स्युर्निममज्जेयुश्चत्रयहम्
मांसाशनं च नाश्नीयःशयीरंश्च पृथक् क्षितौ ।।
अर्थात् शोक जुठो बार्नेहरुले तीन दिनसम्म नुन भएको अन्न, मासु आदि नखाइकन अलग–अलग भएर भूमिमा सुतुन् र नुहाउन पनि । यहामहर्षि मुनीले खाने, बस्ने, सुत्ने, नुहाउने आदि विधि उल्लेख गर्दै तीन दिनमा क्रियाक्रम गर्नु भन्ने किटानी गरेकोले शोक जुठो बार्ने मूल अवधि तीन दिन स्वतः सिद्ध हुन्छ । कतिसम्म भने गरुड पुराणले समेत तीन दिनको मतलाई समर्थन गरेका छन् ।
सुर्येस्तमागते ताक्ष्र्य श्मशाने वाचतुष्पक्षे
दुग्धं च मृण्मये पात्रे दोयं दद्याद्दिनत्रयम् ।। १०।२४ ।।
अर्थात् हे गरुड † सूर्यास्त भएपछि श्मशान वाचौवाटामा तीन दिनसम्म माटोको भाडामा दुध र जल दियोस् । यसरी गरुड पुराणमा तीन दिन मात्र भनिए पनि पुरोहितहरुले ७ दिनथपेर १० दिनसम्मकर्ताले प्रेतलाई दुध र जल दिने गरिन्छ । यसलाई अझ प्रष्ट पार्दै गरुड पुराणले कुन दिन कति पीण्डदान गर्ने भन्ने कुरा समेत उल्लेख गरेका छन् ।
त्रयहाशौचे पदातव्यःप्रथमे हयेक एवही ।
द्वितीयहनिचत्वारस्तृतीयपंच चैव ही ।।
अर्थात् तीनदिनको अशौचमापहिलो दिन एक, दोस्रो दिनचार र तेस्रो दिनपा“चगरि १० पिण्डदानगर्नु भन्ने कुरा प्रष्ट रुपमाउल्लेख गरिएको छ ।
कुनै कारणवस तीनदिनमागर्न सकिएनभने धर्मशास्त्रमापा“चदिनमाकाजकिरिया सक्नु भन्ने कुरा समेत उल्लेख भएको पाइन्छ ।
“एतदेकादशाह कृत्यं त्रयहाशौचे चतुर्थदिने कर्तव्यम् । द्वितीयदिने प्रथमदिने वास्थिसंचयनम् ।। पञ्चम् दिने सपिण्डी करणम् ।।अत्रैकादशाहे द्वादशाहे वापददानानिकार्याणि ते पतस्यमार्गे सुखगति ।।”
अर्थात् यो एघारौ दिनको कामतीनदिनको अशौचमाचौथो दिनगर्नु । पहिलो वा दोस्रो दिनअस्थि संचयगर्नु, पा“चौ दिन सपिण्डीकरण गर्नु । ग्यारहौं र बाह्रौ दिन पददा नगर्नु, त्यसबाट प्रेतले सुख गति प्राप्त गर्दछ । यसरी तीन दिने वा पा“च दिने सम्पीण्डनमध्ये पा“च दिनेलाई राष्ट्रिय रुपमा ख्यातीप्राप्त लब्ध प्रतिष्ठित ५०० व्यक्तिहरुले समर्थन गरिसकेका छन् ।
यता तराई मधेशमा विगत एक दशकदेखि चार दिने काजकिरिया अभियान चलाउदै आएका जगिया जानकी विश्वनाथ स्मृति प्रतिष्ठान सिरहा, सन्हैठाको बीचमा समन्वयात्मक भूमिकाको आवश्यकता छ । खासगरी पूर्व गृह सचिव टिकादत्त निरौलाको संयोकत्वमा गठित संस्कार सुधार समाजले पहाडी समुदायभित्र मात्र होइन, तराई मधेशमा समेत यो अभियानलाई फिँजाउन सके यसले राष्ट्रिय रुप ग्रहण गर्ने पक्का छ ।
नेपालमा मृत्यु संस्कारमा देखिएको विकृति र विसंगतिलाई आजभन्दा १ सय २४ वर्ष पहिले वि.स. १९५२ माथाल्नी गरेका युगपुरुष माधवराज जोशी ( शहिद शुक्रराज शास्त्रीका पिता) को अठोट र विश्वासलाई मुर्त रुप प्रदान गर्न हामी सबैले कसेर लाग्नु शिवाय अब अर्को विकल्प छैन । यस सम्बन्धमा एकातिर डा. बाबुराम भट्टराई, प्रचण्ड, माधवकुमार नेपाल जस्ता देश हाँक्ने व्यक्तिहरुले एकै दिनमा काजकिरिया सक्ने भौतिकवादी सोच छ भने अर्कोतर्फ धर्ममा देखिएका कर्मकाण्डी सोचलाई सुधारात्मक ढङ्गले अगाडि बढाउनका लागि राष्ट्रकवि माधव प्रसाद घिमिरे, साहित्यकार मोदनाथप्रश्रित, बालकृष्ण पोखरेल जस्ता महामनाहरुले पा“चदिने मतलाई स्वीकर गरिसकेको अवस्था छ । यसरी जगियाजानकी विश्वनाथ स्मृति प्रतिष्ठानले विराटनगरमा आयोजन गरिएको मृत्यु र मृत्यु संस्कार विषयमा प्रष्ट रुपमा दुइटा दृष्टिकोण देखियो ।
डा भट्टराई, प्रदिपगिरी तथा डा भाष्कर गौतमले वेदको पक्षमा वकालत गरे भने डा. महादेव साहले धर्मलाई समसामयिक रुपमा व्याख्या गरि मृत्यु संस्कारको सुधारात्मक भाषाको प्रयोग गरे । गोष्ठिले विराटनगरमा जुनसोच र विचारलाई अंकुरित पार्न खोजेको थियो त्यसमा सफलभएको मैले महशुष गरेको छु । विराटनगर–१०, जननीमार्ग ।
(लेखक यादव, पत्रकार एवम् राजनीतिक विष्लेशक हुन् ।)

Online Saptari

About The Author

%d bloggers like this: