• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुख्यमन्त्री राउतद्वारा साईकल हस्तान्तरण

मुख्यमन्त्री राउतद्वारा साईकल हस्तान्तरण

जनकपुरधाम, २४ असार । बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत मङ्गलवार धनुषा जिल्लाको दुई माध्यमिक विद्यालयलाई साईकल हस्तान्तरण गरिएको छ .
मुख्यमन्त्री लालबाबु राउतले धनुषाको फूलगामा स्थित गिरिजा माध्यमिक विद्यालय र कनकपट्टी स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई साइकल हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मुख्यमन्त्री राउतले फूलगामा माविका प्रधानाध्यापक शितल यादव र कनकपट्टी माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्द यादवलाई साईकल हस्तान्तरण गरिएको छ । .
कार्यालयले सरस्वती माध्यमिक विद्यालय कनकपट्टीलाई ४३ थान र गिरिजा मावि फूलगामालाई एक सय ३४ थान साईकल उपलब्ध गराईएको छ । उक्त साईकल ती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई वितरण गर्ने भएको छ ।.प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत आठै जिल्लाका १४ हजार छात्रालाई साइकल वितरण गर्न लागेको छ ।
यसअघि जनकपुरको कन्या माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साईकल वितरण गरिएको थियो . साइकल हस्तान्तरणको अवसरमा समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादव, प्रमुख सचिव दिपक सुवेदी, कानून सचिव कोमल खत्री लगायतको उपस्थिति थियो ।