• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गजेन्द्रनारायण सिंह अस्पतालमा सामाजिक सेवा इकाई

तीन महिनाको अवधिमा २ सय ३५ जनाले लिए सुविधा
गजेन्द्रनारायण सिंह अस्पतालमा सामाजिक सेवा इकाई

राजविराज, २४ असार । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको विशेष पहलमा उक्त इकाई स्थापना गरिएको हो । गरिब, असहाय तथा वेवारिस विरामीहरुलाई निःशुल्क आकस्मिक पुर्याउने उद्देश्यका उक्त इकाईको स्थापना गरिएको छ ।
आर्थिक वर्ष ०६९÷७० देखि नै जिल्ला अस्पतालभन्दा माथिका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्ता इकाई राख्ने निर्णय गरेको भए पनि सगरमाथा अस्पतालमा पहिलो पटक उक्त इकाई स्थापना गरिएको डा. दासले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा गत चैत १२ गतेदेखि सेवा सञ्चालन भए पनि गत असार १८ गते औपचारिक रुपमा उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।
उक्त इकाईको विषयमा मङ्गलवार अस्पतालमा आयोजित कार्यक्रममा डा. दासले जानकारी दिए । उनका अनुसार अति गरिब, विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपमा परेका, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र लोपोन्मुख जातिलाई उक्त सेवा उपलब्ध गराईनेछ ।
अस्पतालको सामाजिक सेवा इकाइमार्फत करिब तीन महिनाको अवधिमा २ सय ३५ जनाले १ लाख ४१ हजार ९ सय ७२ रुपैयाँ बराबरको निःशुल्क तथा आधा शुल्क तिरेर उपचार लिएका छन् ।