• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बेरोजगारी न्यूनिकरण गर्न ऋणको सदुपयोग हुनुपर्छः प्रजिअ पौडेल

बेरोजगारी न्यूनिकरण गर्न ऋणको सदुपयोग हुनुपर्छः प्रजिअ पौडेल

राजविराज, २३ असार । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एकदमै न्यून व्याज दरमा लघु ऋण लिएर त्यसलाई सही सदुपयोग गर्न सकिए जिल्लामा बेरोजगारी समस्या न्यूनिकरण हुने बताएका छन् ।

ग्लोबल बहुमुखी सहकारी संस्थाद्वारा आयोजित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सहभाहलमा सोमवार आयोजित यूवा स्वरोजगार कोष अन्तर्गत ऋणीहरुलाई व्याज अनुदान वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न सरकारले यूवा स्वरोजगार कार्यक्रम ल्याएको बताउँदै भने ‘न्यून व्याज दरमा लघु ऋण लिएर त्यसलाई सही सदुपयोग गर्न सकिए बेरोजगारी समस्या न्यूनिकरण हुने निश्चित छ ।’
कार्यक्रमका प्रमुख अतिथि पौडेलले व्यवसायिक तरकारी खेती, कुखुरा पालन, बाख्रा पालन, व्यापार लगायतका कामहरु गरेर आत्म बन्नसकिने बताए । व्यवसायबाट लाभ लिई समयमै ऋणको व्याज बुझाए सहज हुने बताउँदै उनले विदेशमा गएर दुःख झेल्नुभन्दा आफ्नै गाउँठाउँमा पेशा व्यवसाय गर्नु फलदायी हुने विश्वास व्यक्त गरे ।
आयोजक संस्थाका अध्यक्ष सुखराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक खेम वहादुर थापा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमाल, आयोजक संस्थाका उपाध्यक्ष मुरली प्रसाद यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले मन्तव्य व्यक्त गरे । उक्त कार्यक्रममा यूवा स्वरोजगार कार्यक्रम अन्तर्गत ५४ जनालाई ऋण लगानी गरिएकोमा समयमा ऋण बुझाउने २४ जना उत्कृट ऋणीलाई अनुदान स्वरुप बुझाएको व्याजबाट ६० प्रतिशत रकम वितरण गरिएको छ । प्राप्त रकम सही काममा सदुपयोग गर्न अध्यक्ष यादवले ऋणीहरुसँग आग्रह गरे । कार्यक्रम सञ्चालन संस्थाका रामनारायण मेहताले गरे ।