Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मावि फत्तेपुरमा चार हजार विरुवा रोपियो

मावि फत्तेपुरमा चार हजार विरुवा रोपियो
Bwtech New Add With Software & Bull SMS

राजविराज, २२ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर–६ स्थित जनता माध्यमिक विद्यालय कटैया फत्तेपुरद्वारा आइतवार बृक्षारोपण गरिएको छ ।
विद्यालयको नाममा रहेको ३ विगहा ७ कट्ठा १२ धुर जग्गामा करिब चार हजार विरुवा रोपिएको हो । विद्यालयका प्रधानाध्यापक विरेन्द्र कुमार यादवको विशेष पहलमा महगनी, टिक, मसला, गम्हारी सहित विभिन्न जातको विरुवा रोपिएको छ । विद्यालयलाई डिभिजन वन कार्यालय राजविराजले उक्त विरुवाहरु निःशुल्क उपलब्ध गराएको प्रधानाध्यापक यादवले जानकारी दिएका छन् ।
बृक्षारोपण कार्यमा विद्यालयका शिक्षक, विद्यार्थी एवम् स्थानीयवासिन्दाले समेतले सहभागिता जनाएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: