• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लोप हुदैछ महत्वपूर्ण पक्षी गिद्ध, प्रमुख कारण एण्टीबायोटिक औषधी (भिडियोसहित)

लोप हुदैछ महत्वपूर्ण पक्षी गिद्ध, प्रमुख कारण एण्टीबायोटिक औषधी (भिडियोसहित)

राजविराज, २२ असार । जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने लोपोन्मुख पक्षी गिद्ध पछिल्लो समयमा लोप हँुदै गएको छ ।
एक दशकअघि जतातत्तै देखिने गिद्ध बास स्थानको अभाव, शुद्ध तथा प्राकृत आहारको कमी, अवैज्ञानिक ढङ्गले विस्तार गरिएको विद्युतीय तार लगायतका कारण लोप हुँदै गएको हो । यस अतिरिक्त पशुचौपायामा डाइक्लोफिनेक जस्ता एण्टीबायोटिक औषधिको प्रयोगका कारण पनि गिद्ध लोप हुँदै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजका प्राविधिक परमेश्वर यादवले बताए ।
चुच्चो, ठोंड, नाङ्गो, लामो गर्दन, देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहेपनि गिद्धको पर्यावरणका ठूलै भूमिका रहेको छ । प्रकृतिको कुचिकारका रुपमा नामाङकरण गरिएको गिद्धले जनवारको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाई वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भुमिका रहेको जानकारहरुको विश्लेषण छ ।

पर्यावरणीय चक्र, जैविक विविधता तथा पारिस्थितिकीय स्वस्थ्यता कायम राख्नका लागि गिद्धको उपस्थिति अनिवाय गरे पनि मानव जातीलाई बचाउन सहयोग गर्ने निर्दोष पन्छी गिद्धको संरक्षण–सम्वद्र्धनमा सरकारको ध्यान नपुगेको उनीहरु गुनासो गर्छन् ।
दक्षिण एशियामा पाइने ९ प्रजातिकामध्ये नेपालमै ९ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा हालै गरिएको राष्ट्रिय गिद्ध सर्वेक्षण अनुसार वर्षेनी १४ प्रतिशतले गिद्धको संख्या घट्दै गइरहेको छ ।