• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजका मेयर शम्भुलाई मातृशोक

राजविराज, २२ असार । राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवलाई मातृशोक परेको छ ।
राजविराज नगरपालिका वडा नम्वर निवासी उनकी आमा लडुबति देवी यादवको ९७ वर्षको उमेरमा शनिवार राती निधन भएको हो । मृतक यादवको झल्हीमै दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा समाजिक विकास मंन्त्री नवलकिशोर साह, राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह, प्रदेश सभा सदस्य मनिषकुमार सुमन, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, तिलाठीकोईलाडी अध्यक्ष सतिश सिंह, कञ्चनरूप नगरपालिकाका मेयर वसन्त मिश्र लगायत विभिन्न गाउँपालिकाका अध्यक्ष, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी, स्थानियवासिन्दा समेतको उपस्थिति थियो ।
यसैबीच राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याम सिंहले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै मेयर यादवकी आमाको निधनमा दुःख व्यक्त गरेका छन् । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति राजविराज नगरपालिका परिवारले दुःख व्यक्त गरेको छ ।