• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

राजविराज, २० असार । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकाका एक युवकले खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् ।
हत्याको आरोपमा पक्राउ परेका ३४ वर्षिय रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई प्रहरीले शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । जङ्गबहादुरले आफ्नै ६५ वर्षीया आमा धनमाया पुलामीलाई विहिवार साँझ खुकुरी हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
मानसिक रुपमा अस्वस्थ रहेको जङ्गबहादुरले मदिराको नशामा धुत्त रहेको बेला खुकुरी प्रहार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । प्रहरीले ३४ वर्षिय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई पक्राउ गरेको हो । शवको नजिकै आगनमा दुवै हातमा खुकुरी लिएर उफ्रिरहेको अवस्थामा आरोपितलाई पक्राउ गरी गरी इलाका प्रहरी कार्यालय कडरबोनामा नियन्त्रणमा राखिएको सप्तरी प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको थियो । खुकुरी बोकेर धम्क्याई रहेको अवस्थामा आरोपितलाई गिरफ्तार गरिएको थियो । मोबाइलमा रिचार्ज र घरमा खैनी सकिएको धनमायाले भनेपछि उनका पति ६५ वर्षीय लोकबहादुर पुलामी बजार गएको बेला छोराले नै आमाको हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ । जंग बहादुरले आफ्नै घरको आँगनमा रिसको कारण आफ्नै आमालाई खुकुरी प्रहार गरेको भनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले जानकारी दिए ।
जङ्गबहादुर मनोरोगी भएको आशङ्का गर्दै घर छाडेकी उनकी पत्नी एक छोरा र एक छोरीका साथ उदयपुरको रौतास्थित माइतमा बस्दैआएकी छिन् ।