Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

नेता पगरीवालाको निधनप्रति समाजवादी पार्टीद्वारा दुःख व्यक्त

नेता पगरीवालाको निधनप्रति समाजवादी पार्टीद्वारा दुःख व्यक्त
Bwtech New Add With Software & Bull SMS

राजविराज, २० असार । सप्तरीका सामाजिक अभियानका अग्रज व्यक्तित्व उपेन्द्रनारायण चौधरी थारु(पगरीवला)को निधन प्रति समाजवादी पार्टी नेपाल सप्तरीले गहिरो दुःख व्यक्त गरेका छन् ।
समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले शुक्रवार एक शोक वक्तब्य जारी गर्दै नेता पगरीवालाको निधनले सामाजिक आन्दोलनमा ठूलो क्षति पुगेको भन्दै दुख ब्यक्त गरेका हुन । समाजवादी पार्टी नेपाल सप्तरीका पुर्व जिल्ला सल्लाहकार समेत रहेका नेता पगरीवालाको निधनले सामाजवदी क्रान्तिको कर्मठ योद्धा गुमेको अध्यक्ष यादवद्धारा जारी शोक वक्तब्यमा उल्लेख छ ।
सामाजिक परिवर्तनकालागि अहोरात्र खट्ने नेताको निधनले सामाजिक आन्दोलनमा नेतृत्व अभाव भएको छ अध्यक्ष यादवले जारी गरेको शोक वकतब्यमा भनिएको छ, पगरीवालाले पार्टी र समाजमा गरेको योगदान अविस्मरणीय छ । जारी वक्तव्यमा नेता पगरीवालाप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले समेत अग्रज नेता गुमाएको भन्दै पगरीवालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङले शोक वकतब्य मार्फत आदिवासी जनजाति समुदायको प्रेणाको श्रोत गुमाएको जनाएको छ । पगरीवालाले देखाएको बाटोलाई दृढताको साथ आत्मसात गर्दै उनको अधुरा र अपुरा सपना सकार पार्ने जारी वक्तव्यमा प्रतिवद्धता जनाएको छ ।
लामो समयदेखि डाइविटिज र प्यारालाईसिस रोगबाट पीडीत नेता पगडीवालाको शम्भुनाथ नगरपालिका ९ स्थित आफ्नै निवासमा विहिवार विहान ८ वजे ६० वर्षको उमेरमा निधन भएको थियो । भाषिक, साँस्कृतिक र जातिय पहिचानको श्रोत व्यक्ति स्वर्गीय पगडीवालाको पार्थिक शरिरमाथि आदिवासी जनजाति महासंघ सप्तरीद्वारा अन्तिम श्रदाञ्जली अर्पण गरेपछि विहिवारै अन्त्येष्टी गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीद्वारा स्वार्गीय पगडीवालाको पार्थिक शरिरमा महासंघको झण्डा र खादा ओढाएर अन्तिम श्रदाञ्जली दिईएको थियो । आदिवासी जनजाति महासंघ सप्तरीका संस्थापक सदस्य र हाल जिल्ला सल्लाकार, थाकस सप्तरीमा २०५८ देखि २०६१ र २०६५ देखी २०६९ सम्म दुई कार्यकाल नेतृत्व गरेका स्वर्गीय चौधरीले सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान दिएका छन् । सामाजिक क्षेत्रमा सर्वस्व समर्पण गरेका स्वर्गीय पगडीवाला दुई भाई छोरा र ६ वहिनी छोरी र पत्नी राम कुमारी चौधरी रहेका छन । स्वर्गीय नेता पगडीवाला जिल्लाकै सादा जीवन यापन गर्ने नेताको रुपमा परिचित थिए ।

Online Saptari

About The Author

%d bloggers like this: