Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

भ्रष्ट कर्मचारीमाथि कार्वाही थालेको गोइतको दावी

भ्रष्ट कर्मचारीमाथि कार्वाही थालेको गोइतको दावी

राजविराज, २० असार । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्ट कर्मचारीहरुमाथि आफुहरुले कार्वाही थालेको बताएका छन् ।
विहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशी कर्मचारीको भ्रष्टाचार र घुसखोरी कारण आक्रान्त रहेको भन्दै कार्वाही शुरु गरेको जनाएका हुन् । मधेशी कर्मचारीहरुद्वारा पनि आम सेवाग्राही मधेशीहरु चरम शोषित, उत्पीडित र अपमानित भएको भन्दै शोषित, उत्पीडित मधेशीहरुको राय, सल्लाह र सहयोगमा भ्रष्टाचारी, घुसखोरलाई आफुहरुले कार्वाही थालेको अध्यक्ष गोइतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अभियान अन्तर्गत सिरहा जिल्लाको लक्ष्मीपुरपतार गाउँपालिकाको प्रशासकीय प्रमुख चन्देश्वर यादवमाथि करिब पाँच बजेको समयमा कार्वाही गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ । मधेशी कर्मचारीहरुको भ्रष्टाचारी, घूसखोरी र हेपहा प्रवृति बन्द गर्न चेतावनी समेत दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।