Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मन्त्री साहद्वारा दुग्ध उत्पादनलाई टेवा दिन दुग्ध उपकरणहरु वितरण

मन्त्री साहद्वारा दुग्ध उत्पादनलाई टेवा दिन दुग्ध उपकरणहरु वितरण

बोधराज सुवेदी
महुली, १८ असार । व्यवसायिक दुग्ध उत्पादन पेशालाई टेवा दिने भन्दै सप्तरीको महुलीमा वुधवार आयोजित एक कार्यक्रमका वीच दुध उत्पादक कृषकहरुलाई दुध दुहुने डोल, क्यान लगायतका दुग्ध राख्ने उपकरणहरु वितरण गरिएको छ ।
भेटेनेरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिराहाको लगानीमा आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था लि. महुलीले आयोजना गरेको सो कार्यक्रममा प्रदेश नम्वर २ का भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उक्त उपकरणहरु वितरण गरेका हुन् । आ.व. २०७५।०७६कोलागि प्रदेश सरकारको दुग्ध ब्यवशाय प्रर्वद्धन अनुदान कार्यक्रम अन्तरगत भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द सिराहा्रले दुग्ध उत्पादक कृषक तथा दुग्ध संकलन सहकारी संस्थालाई अनुदान स्वरुप दुग्ध उत्पादन,ढुवानी तथा भण्डारसँग सम्वन्धित उपकरणहरु प्रदान गरिएको छ ।
भेटेनेरी अस्पतालको आठ लाख ९० हजार र आदर्श वहुमुखी दुग्ध उत्पादक सहकारी संस्था लि. महुलीको चार लाख पचास हजार गरी जम्मा १३ लाख ४० हजार अनुदानमा उक्त उपकरणहरु उपलब्ध गराइएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा कृषकहरुकोलागि भेटेनेरी अस्पतालबाट पाँच लिटर देखि १५ लिटरसम्मका ३५० थान क्यान र आयोजक संस्थाकोलागि ४० लिटरको २० थान क्यान र छ सय २० लिटरको एक थान डिप फ्रिज एवं संस्थाको तर्फवाट कृषकहरुलाई ३५० थान दुध दुहुने डोल समेत मन्त्री साहले हस्तान्तरण गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहाले प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको कृषि क्षेत्र र दुग्ध उत्पादन ब्यवसायको प्रर्वद्धनकोलागि आफुले अहोरात्र काम गरिरहेको वताए। आफु पनि कृषककै छोरो भएकोले कृषि क्षेत्रको तमाम समस्याहरु प्रति आफु जानकार रहेको भन्दै मन्त्री साहले आफ्नो कार्यकालमा प्रदेश नं.२ मा कृषि तथा सहकारीको क्षेत्रमा आमुल परिवर्तन ल्याएर देखाउने प्रतिवद्धता ब्यक्त गरेर्। सिंचाईका अभावमा हाल प्रदेशको कूल खेतीयोग्य भुभागको जम्मा २७ प्रतिसत भुभागमा मात्र खेती गर्न सकिएको छ’,मन्त्री साहले भर्ने यसको दीर्धकालिन समाधानकोलागि कोशी कमला डाइभर्सन सिचाई योजना, भुमिगत सिचाईकोलागि डिप वोरिङ, स्यालो ट्युवेल लगायतका अल्पकालिन र दीर्घकालिन योजनाहरु सञ्चालनमा ल्याइने छन्।’
कार्यक्रममा अग्नीसाईर कृणासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले आफ्नो गाउँपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी प्रदेश सरकारवाट कृषिवाली तथा उपकरणमा विशेष अनुदान उपलब्ध गराउनुपर्ने माग गरे । आयोजक संस्थाका अध्यक्ष दिपेन्द्र कुमार आचार्यको अध्यक्षतामा ब्यवस्थापक प्रभुनाथ कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा भेटेनरी अस्पतालका विज्ञ धु्रव कुमार यादव, वडा नम्वर ६ का वडा अध्यक्ष कुसुम सापकोटा, संस्थाका सह–ब्यवस्थापक बोधराज सुवेदी, महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरी, कृषक चन्देश्वर यादव लगायतले प्रस्तुत कार्यक्रमले दुग्ध ब्यवसायी संस्था र कृषकहरुलाई प्रोत्साहन गरेको भन्दै यसको निरन्तरताकोलागि माग गरे । कार्यक्रममा संस्थाका सञ्चालक सदस्य दुर्गा प्र. भट्टराईले स्वागत मन्तब्य ब्यक्त गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।