• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सुरुङ्गालाई सप्तरी महिला प्रिमियर लिगको उपाधी

फाईनलमा १ बिकेट मात्र झर्यो, सप्तरी क्रिकेट संघद्धारा रुविना सम्मानित
सुरुङ्गालाई सप्तरी महिला प्रिमियर लिगको उपाधी

राजविराज, १६ असार । रुविना क्षेत्री र अप्सरी बेगमको उत्कृष्ट ईनिंगले सुरुंगा नगरपालिकाले खडक नगरपालिकालाई सजिलै १० बिकेटले पराजित गर्दै पहिलो महिला सप्तरी प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ ।
प्रतियोगिता अन्र्तगत सोमवार सम्पन्न फाईनल खेलमा खडक नगरपालिकाका कप्तान सरस्वती चौधरीले टसजिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १ बिकेटको नोक्सानीमा १ सय ४ रनको योगफल तयार पारे । खडकका लागि रश्मी शर्माले उत्कृष्ट पारि खेल्दै ६२ बलमा ५ चौक्काको मद्दतले ६२ बलमा नटआउट रहि ५० रनको योगदान दिएका थिए भने काजल श्रेष्ठ २० र सरस्वती चौधरीले अविजित रहि १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ सुरुंगाका लागि एक मात्र बिकेट संगिता राईले लिए ।
१ सय ५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुंगाले सुरुवात देखिनै आफनो लय देखाउदै १५ ओभर ४ बलमै उक्त स्कोर भेटाए । सुरुङ्गाका लागि कप्तान रुविना क्षेत्रीले उत्कृष्ट ब्याटिङ्ग गर्दै ५२ बलमा ७ चौक्का र १ छक्काको मद्धतले नटआउट रहि ६३ रन तथा अफसरी बेगमले ४२ बलमा ४ चौक्काको मद्धतले नटआउट रहि ३६ रनको योगदान दिएका थिए । खेलको प्लेयर अफ द म्याच सुरुङ्गोका तर्फबाट उत्कृष्ट ब्याटिंग गर्ने कप्तान रुविना क्षेत्री भएका थिए ।
सुरुंगा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सबल नेपालद्वारा गत १३ गतेदेखि सञ्चालित प्रतियोगितामा ३ टोलीको सहभागिता रहेको थियो । सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा संचालित समापन कार्यक्रम सुरुंगा नगरपालिकाका उपमेयर बिन्दा पासवान, अन्र्तगत सेभ द चिल्ड्रेनका रचना थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, सचिव चन्दन यादव, पुर्व प्रशिक्षक राजकुमार दास, अम्पाएर संघका अध्यक्ष निरज सिंह लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्र्तगत उत्कृष्ट प्रर्दशन गर्ने ईमरजिंग प्लेयर अन्र्गत खडकका माधवी चौधरीलाई नगद ५ हजार, बेष्ट व्याट्सम्यान सुरुंगाका रुविना क्षेत्रीलाई ५ हजार, बेष्ट बौलर खडकका कविता गौतमलाई ५ हजार तथा म्यान अफ द सेरिज सुरुङ्गाका अपसरी बेगमलाई १५ हजार नगद सहित ट्रफी तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो । विजेता टोली सुरुङ्गालाई ५१ हजार नगद सहित ट्रफी तथा प्रमाण पत्रसहित सम्मान गरिएको थियो । उपबिजेता टोली खडकलाई ३१ हजार नगद सहित ट्रफी तथा प्रमाण पत्र बितरण गरिएको छ ।
यसैगरी सप्तरी क्रिकेट संघद्वारा नेपाली महिला क्रिकेट टोलिका कप्तान रुविना क्षेत्रीलाई नेपाली महिला क्रिकेट क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ र सचिव चन्दन कुमार यादवद्वारा हस्ताक्षरित कदर पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो ।