• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

हीद, वेपत्ता तथा घाइते परिवार भन्छन् ‘प्रदेश सरकारको गाई भैंसी वितरण कार्यक्रम पुर्वाग्राही’

हीद, वेपत्ता तथा घाइते परिवार भन्छन् ‘प्रदेश सरकारको गाई भैंसी वितरण कार्यक्रम पुर्वाग्राही’

राजविराज, १५ असार । प्रदेश सरकारको गाई–भैंसी वितरण कार्यक्रम पुर्वाग्राही पक्षपातपूर्ण भएको भन्दै सप्तरीका शहीद, वेपत्ता तथा घाइते परिवारले आइतवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
शहीद, वेपत्ता तथा घाइते परिवारले संयुक्त रुपमा सप्तरी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्री, प्रदेश नम्वर २ का मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएका हुन् । देश र जनताको लागि आफ्नो ज्यानको आहुती दिने वीर शहिद कुनै अमुक पार्टी र व्यक्तिका लागि नभई सम्पूर्ण देशका लागि हुन्न भन्ने मान्यतालाई वेवास्ता गरी प्रदेश नम्वर २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मधेश आन्दोलनका शहिद तथा घाइते परिवारलाई प्रदान गरेका गाई भैंसी वितरण कार्यक्रम पुर्वाग्राही पक्षपातपूर्ण रहेको आरोप लगाईएको छ ।
कार्यक्रम मार्फत मन्त्रीले सशस्त्र द्वन्द्व र जनआन्दोलनका मृतक तथा वेपत्ता परिवारलाई उपेक्षा र भेदभावगरी मात्र मधेश आन्दोलनका नाउँमा शहिद भएकाहरुको घर परिवारलाई गाई भैंसी वितरण गरेको कार्य सम्पूर्ण द्वन्द्व पीडित र शहीदको भावनाप्रतिको अपमान भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त प्रकृयामाथि विचार गरी सम्पूर्ण द्वन्द्व पीडित शहीद मृतक वेपत्ताप्रति समान दृष्टिकोण अपनाउन संघीय सरकार, प्रदेश नम्वर २ का सरकार तथा सम्बन्धित सबैमा शहिद, वेपत्ता तथा घाइते परिवारले अनुरोध गरेको छ ।