Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरी महिला प्रिमियर लिगमा सुरुङ्गा र खडक फाइनलमा प्रवेश

सप्तरी महिला प्रिमियर लिगमा सुरुङ्गा र खडक फाइनलमा प्रवेश
Bwtech New Add With Software & Bull SMS

राजविराज, १५ असार । सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता अन्तर्गत आईतवारको अन्तिम खेलमा सुरुङ्गा नगरपालिकाले राजविराज सिस्कालाई ३४ रनले पराजित गर्दै सोमवार हुने फाईनल खेलकोलागि आफ्नो स्थान पक्का गरेको छ ।
सबल नेपालको आयोजनामा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजको क्रिकेट मैदानमा सञ्चालित आईतवारको खेलमा सुरुङ्गाका कप्तान रुविना क्षेत्रीले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको योगफल तयार पारे । सुरुङ्गाका लागि कप्तान रुविना क्षेत्रीले ३६ बलमा ४ चौक्काको मद्दतले ३८ तथा रोमा थापाले ३८ बलमा ४ चौक्काको मद्दतले ३५ रनको योगदान दिए ।
दुवैले दोश्रो बिकेटका लागि ६९ रन जोडे । रुविना र रोमा बाहेक अपसरी बेगमले १७ बलमा २ चौक्काले नटआउट रहँदै १८ तथा सङ्गीता राईले १० रनको योगदान दिए । बलिङ्गतर्फ राजविराजको तर्फबाट नेरी थापाले २ तथा अस्मिना कर्माचार्य र कविता जोशीले सामान १ विकेट लिए ।
१ सय १९ रनको चुनौति लिई मैदानमा ओर्लेको राजविराज सिस्का एन्जल्स सुरुङ्गाको घातक बलिङ्गसामु निरिह हुँदै २० ओभरमा ७ बिकेटको नोक्सानीमा ८४ रनमै समेटिए । राजविराजलाई सस्तोमा समेटन सुरुङ्गाका अफसरी बेगमले आकर्षक बलिङ्ग गर्दै ४ ओभरमा १२ रन दिई महत्वपुर्ण २ विकेट लिए भने सोमु बिष्ट र निशा साहले सामान १ विकेट लिए । खेलको म्यान अफ द म्याच सुरुङ्गा नगरपालिकाका अफसरी बेगम भए ।
सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सबल नेपालद्वारा गत १३ गतेदेखि सञ्चालित प्रतियोगिताको फाईनल खेल असार १६ गते सोमवार सुरुङ्गा र खडक बिच बिहान ७ बजेदेखि हुने जानकारी आयोजक समितिका रोशन मण्डलले जानकारी दिए ।

Online Saptari

About The Author

%d bloggers like this: